Logo
१० असार २०८२, मंगलबार
(October 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘अशक्त-रोगी’ प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गर्न माग

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पद मुक्त गर्न माग गरिएको छ । वरिष्ट पत्रकार कुशुम भट्टराईले समाजिक संजाल मार्फत अह्वान गर्दै उक्त माग गरेका हुन् । कुशुम कुशुम नामबाट फेसबुक युजर रहेका पत्रकार भट्टराईले लेखेका छन् ‘यस्तो बेला ओली आफैले विवेकपूर्ण निश्कर्षमा पुग्दै प्रम पदबाट राजीनामा दिनु उचित हुन्छ ।’

कुशुम भट्टराई

उनको स्टाटस जस्ताको त्यस्तै : 

रोगी, अशक्त, डायलासिस गरिरहनुपर्ने, अस्पताल धाइरहनुपर्ने केपी ओलीजीलाई प्रधानमन्त्री पदको बोझबाट मुक्त गर्नसक्ने ल्याकत नेकपा पार्टीसँग छैन रु हैन भने विरामी प्रधानमन्त्रीलाई गुमराहमा राखेर विदेशी शक्तिकेन्द्रहरुबाट पालित पोषित भूमिगत गिरोहले सत्ता चलाउने खतरा बढेको छ । प्रधानमन्त्रीका सल्लाहकार नै संदीग्ध छन् ।

कोही युरोपका दलाल, कोही एशीया फाउण्डेशन ९सिआइएको शाखा०का दलाल छन् । कोही भारतका दलाल । यस्तो बेला ओली आफैले विवेकपूर्ण निश्कर्षमा पुग्दै प्रम पदबाट राजीनामा दिनु उचित हुन्छ । मनमोहन अधिकारी, गिरिजा कोइराला र शुसील कोइरालालाई झैं ओलीलाई पनि रोगले सिकिस्त पार्दासम्म प्रधानमन्त्रीको भारी नबोकाउँ ।

रोगी प्रमका आडमा विदेशीले यो देशलाई पक्षघातको अवस्थामा लगिसके । प्रम हुँदा उचित स्याहार सुसार र उपचार हुने र अझै धेरै वर्ष बाँच्न पाइने सोचले पदमै टाँस्सीएको हो भने त्यो भ्रम मात्र हो । काल आएपछि सुदर्शन चक्रधारी द्वारिका नरेश भगवान कृष्णले पनि सामान्य व्याधाको बाँणबाट मर्नु परेको पौराणिक कथा मनन गर्दा हुन्छ ।

प्रकाशित मिति: Oct 31, 2019

प्रतिक्रिया दिनुहोस्