Logo
११ असार २०८२, बुधबार
(October 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कात्तिक १८ गतेदेखि डा. केसीले सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने

काठमाण्डौ : डा. गोविन्द केसीले आउँदो कात्तिक १८ गतेदेखि सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने बताएका छन् ।

यही कात्तिक ७ गते वीरगन्जको नेशनल मेडिकल कलेजमा अवैध रुपमा असुलिएको शुल्क फिर्ता गर्नुपर्ने माग राख्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रेका विद्यार्थीहरुलाई कलेज प्रशासनले भाडाका गुण्डा लगाएर आक्रमण गरेको भन्दै डाक्टर केसीले त्यस घटनाको भर्त्सना गरेका छन् ।

डा. केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ’कलेज प्रशासनले भाडाका गुण्डाहरु ल्याएर ढुंगा, लाठी र रड प्रयोग गरी आक्रमण गराएको छ । जायज माग पूरा गराउनका लागि आन्दोलनरत मेडिकल विद्यार्थीहरुमाथि मेडिकल माफियाले गराएको यस्तो सांघातिक हमलाको हामी घोर भर्त्सना गर्दर्छौं ।’

‘विभिन्न मागहरुसहित हामीले सरकारलाई आन्दोलनका लागि आजको अल्टिमेटम दिएकोमा तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै यही कात्तिक १८ गते सोमबारदेखि सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने जानकारी गराउन चाहन्छौँ’, विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: Oct 25, 2019

प्रतिक्रिया दिनुहोस्