Logo
१६ कार्तिक २०८१, शुक्रबार
(October 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अध्यक्ष द्धवयबीच खट्पट् : ‘प्रधानमन्त्रीसँग फेरी अर्को लिखित सहमति गर्नुपर्ने बेला भएको छ’

पछिल्लो समय नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलेसहित नेकपाका शीर्ष नेताहरुलाई छुट्टाछुट्टै भेटेर आफूहरुबीच भएको सहमति कार्यान्वयनमा प्रधानमन्त्री ओली अग्रसर नभएको गुनासो गर्न थालेका छन् ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूसँग पटकपटक गरेको सहमति कार्यान्वयनमा उदासीनता देखाएको भन्दै अध्यक्ष  दाहालले पार्टीका अन्य नेताहरुसँग छलफल र भेटघाट बढाएका हुन् ।

‘अब उहाँसँग फेरी अर्को लिखित सहमति गर्नुपर्ने बेला भएको छ, असहमतिका सबै विषयमा प्याकेजमै समझदारी गर्नुपर्छ भन्ने मेरो लाइन हो,’ अध्यक्ष दाहालको भनाई उद्धृत गर्दै एक नेताले भने,‘ओलीले सहमति कार्यान्वयनमा अब पनि अग्रसर हुनु भएन भने नयाँ ढंगले अगाडि बढ्नुपर्छ ।’

अध्यक्ष दाहालले समझदारी गर्न खोजेको प्याकेजभित्र के-के पर्छन् त रु स्रोत भन्छ, ‘प्याकेजको एक नम्बर बुँदा दुई अध्यक्षको जिम्मेवारी बाँडफाँट हो ।’ २०७५ जेठ २ गते पार्टी एकीकरणको निर्णय हुँदा दुई अध्यक्षले सहमतिका आधारमा सरकारको नेतृत्व आलोपालो गर्ने सहमति गरेका थिए । कान्तिपुर दैनिमाबाट साभार ।

प्रकाशित मिति: Oct 24, 2019

प्रतिक्रिया दिनुहोस्