Logo
६ असार २०८२, शुक्रबार
(October 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब सरकारका कामको नतिजा देखिन थाल्छ : मन्त्री पुन

परासी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पश्चिम नवलपरासीले मंगलबार परासीमा गरेको अन्तरक्रियामा सहभागी हुन आउनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई स्वागत गर्दै पार्टी नेता कार्यकर्ता ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आलोचना चर्चा दुबै खेपिरहेका सरकारको कामको नतिजा देखिने बेला आएको बताएएका छन् । पहिलो वर्ष सरकारले विकासको आधार तयार पारेको र अव विस्तारै नतिजा देखिदै जाने बताए ।

पश्चिम नवलपरासीको परासीमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले आज गरेको अन्तरक्रिया कार्यक्रममा उनले भने, “झट्ट बाहिरबाट हेर्दा केही नभएको जस्तो देखिए पनि अव सरकारका कामको नतिजा देखिन थाल्छ, हामी पहिलो वर्ष आधार तयार पार्न लाग्यौँ, अव विकास र समृद्धिको नतिजा देखा पर्दै जान्छ, सरकारले गरेका काम जनतासम्म पु¥याउनुपर्ने दायित्व पार्टीको पनि हो ।”

मन्त्री पुुनले सरकारले दीर्घकालीन विकासका आधार तयार पारेको उल्लेख गर्दै विकास र समृद्धिको अग्रगामी पथमा सरकार अगाडि बढेको बताए ।

एक फरक प्रसङ्गमा उनले पार्टी एकता अन्तिम चरणमा पुगेको उल्लेख गर्दै सल्लाहकार, ज्येष्ठ कम्युनिष्ट मञ्च, जनवर्गीय सङ्गठन लगायतको एकता टुङ्ग्याउन बाँकी छ, अव त्यो पनि छिट्टै टुङ्ग्याउँछौँ भने ।

मन्त्री पुनले विपक्षी र सामाजिक सञ्जालले फिँजाएका भ्रममा नपरी तथ्य बुझेर मात्र सरकार र पार्टीप्रति धारणा बनाउन नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

प्रकाशित मिति: Oct 22, 2019

प्रतिक्रिया दिनुहोस्