Logo
१० असार २०८२, मंगलबार
(October 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘सहमति अनुसार नै हामी अगाडि बढिरहेका छौँ, कसैले सहमति तोडेको छैन’

पाँचथर : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका क्रममा भएका सहमतिहरु कसैले नतोडेको बताएका छन् ।

मंगलबार पाँचथरमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकताका क्रममा भएको सहमति कार्यान्वयन नभएको भए पार्टी एकता घोषणा भएर यो अवस्थासम्म नआइनपुग्ने बताए ।

अध्यक्ष दाहालले भने, ‘सहमति अनुसार नै हामी अगाडि बढिरहेका छौ, कसैले पनि सहमति तोडेको छैन’ । उनले मुलभूत रुपमा सहमति कार्यन्वयन गरेरै आज दुई पार्टी मिलेर नेकपा बनेको पनि बताए ।

केही दिनयता प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली र प्रचण्डबीच सहमति कार्यन्वयन नभएको भन्दै आरोप प्रत्यारोप चलेको थियो । तर प्रचण्डले मंगलबार मिडियामा आएका कुराहरु भ्रममात्रै भएको दावी गर्दै होहल्ला र प्रचारबाजीको भर नपर्न आग्रह गरे ।

उनले आफु र अर्का अध्यक्ष ओलीबीच सहमतिमै सबै कुरा अगाडि बढिरहेको भन्दै आगामी महाधिवेशनसम्म सहमतिकै आधारमा अघि बढ्न तयार रहेको पनि बताए । ‘मिडियामा आएका कुराहरुलाई लिएर भ्रममा नपर्न आग्रह गर्छु । हामी समझदारीबाटै अघि बढ्छौ’ प्रचण्डले भने, ‘हिजोमात्रै पनि प्रधानमन्त्रीसँग दुई घण्टा मेरो कुुराकानी भयो । वातावरण सकारात्मक छ । अब छिट्टै सहमति कार्यान्वयन हुन्छ ।’

प्रकाशित मिति: Oct 22, 2019

प्रतिक्रिया दिनुहोस्