Logo
५ जेष्ठ २०८१, शनिबार
(October 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रोशनी शाहीको नयाँ खुलासा : ‘उजुरी पनि मेरो होइन’ (हेर्नुस् भिडियो)

संघीय संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीले मनोवैज्ञानिक र मानसिक दबाबमा आफूले प्रहरीमा उजुरी दिएको खुलासा गरेकी छन्। निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी भनिएकी शाहीले यो नयाँ खुलासा गरेकी हुन् ।

एपीवान टेलिभिजनसँगको कुराकानीमा शाहीले यस्तो खुलासा गरेकी हुन्। ‘असोज १७ गतेको किटानी जाहेरी निवेदन मलाई बाध्य पारेर लेख्न लगाई दर्ता गराइएको हो’, कुराकानीमा उनले भनेकी छन्, ‘असोज १७ गते प्रहरीले तयार पारेको निवेदनको खेस्राको आधारमा मलाई मनोवैज्ञानिक र मानसिक दबाब दिएर तयार पार्न लगाइएको निवेदनका आधारमा मात्रै अनुसन्धान भइरहेको छ।’

उनले बानेश्वर प्रहरी वृत्तमा असोज १५ गते दर्ता गरेको निवेदनमा उल्लेख भएको कुरामात्र सत्य-तथ्य भएको दाबी गरेकी छन्। ‘१५ गतेको निवेदनमा असोज १२ गते घटेको भनिएको घटनाका बारेमा पूर्ण विवरणसहित आफ्नो श्रीमान् चित्रजंग शाहीको रोहबरमा बानेश्वरमा निवेदन दिएकी थिएँ’, उनले भनिन्, ‘तर, सो निवेदनको आधारमा प्रहरीले अनुसन्धान गरेन।’

उनले उक्त निवेदनमा महरा असोज १२ गते आफ्नो कोठामा उपस्थित नै नभएको उल्लेख भएको दाबी गरेकी छन्।  जिल्ला अदालत काठमाडौंले महरालाई थप अनुसन्धान गर्न आइतबार प्रहरीलाई पाँच दिनको म्याद दिएको छ । यसअघि अदालतले प्रहरीलाई दिएको तीन दिनको म्याद शुक्रबार सकिएको थियो ।

रोशनी शाहीको बयान :
शाहीले अकस्मात आफ्नो मानसिक अवस्था बिग्रन जाँदा १००मा फोन गरेको बताएकी छन्। ‘असोज १२ गते अकस्मात मेरो मानसिक अवस्था बिग्रन गई विक्षिप्त अवस्थामा प्रहरीको १०० मा फोन गरी प्रहरी बोलाएकी रहेछु। प्रहरी आइसकेपछि उहाँहरु अर्थात् प्रहरीले सभामुख महराले हातपात गरेको भनेर तपाईंको फोन आएकाले हामी आएको भन्नुभयो’, शाहीले भनिन्, ‘तर, सोही समयमा खानतलासी गर्दा केही नभेटेपछि प्रहरी फर्किएर जानु भएको रहेछ। प्रहरी गए पश्चात पनि मैले क–कसलाई फोन गरेकी रहेछु र को–कोसँग के–के भने थाहा भएन। पछि होसमा आउँदा विभिन्न मिडियामा मेरो र कृष्णबहादुर महरा सरको नाम जोडी विभिन्न किसिमका लान्छना लगाइएका समाचार प्रसार भइरहेको देखेर म नै अचम्म परेँ।’

हेर्नुस् भिडियो : 

भिडियो सौजन्य : अन्नपुर्ण मिडिया

प्रकाशित मिति: Oct 20, 2019

प्रतिक्रिया दिनुहोस्