Logo
१२ श्रावण २०८१, शनिबार
(October 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल टेलिकमको अटम अफर : अब १० रुपैयाँमैे गर्नुहोस् १०० मिनट कल

नेपाल टेलिकमले आफ्ना ग्राहकवर्गहरुका लागि अटम अफर योजना ल्याएको छ । उक्त अफर अन्तर्गतको सेवा आज (२०७६ असोज ३० गते) देखि ९० दिनसम्म लिन सकिनेछ ।

टेलिकमले यस अघि उपलब्ध गराएको समर अफर प्याकेजमा केही सुविधा थप गरेर अटम अफर ल्याएको हो । पहिले उपलब्ध भएका डे डाटा प्याक, डे भ्वाइस प्याक र एफटीटीएच कम्बो प्याकलाई परिमार्जन गरिएको बताईएको छ ।

डे डाटा प्याक अन्तर्गत अब १० रुपैयाँमा बिहान ६ देखि बेलुकी ६ बजेसम्म एक दिनका लागि ८० एमबी डाटा चलाउन सकिने छ । डे भ्वाइस प्याक अन्तर्गत १० रुपैयाँमा बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म गरी १०० मिनेट कम्पनीकै नेटवर्कमा भ्वाइस कल गर्न सकिने छ ।

एफटीटीएच कम्बो प्याक अन्तर्गत अन्य कम्बो प्याकको मूल्य उही भए पनि १५ एमबीपीएसको कम्बो प्याकको मूल्य भने घटाइएको छ । पहिलेको १ हजार २ सयको प्याकलाई १ हजार, ३ हजार ४ सयको प्याकलाई ३ हजार, ६ हजार ४ सयको प्याकलाई ५ हजार ५ सय र १२ हजार ३ सयको प्याकलाई अब १० हजार ५ सय रुपैयाँ मात्र पर्ने भएको छ ।

साथै पहिले देखि नै समर अफरका रुपमा उपलब्ध एक घण्टा अनलिमिटेड प्याक, अल टाइम डाटा प्याक, १ जीबी पर डे डाटा प्याक, नाइट डाटा प्याक, अनलिमिटेड नाइट डाटा प्याक, सोसल मिडिया प्याक, डाटा स्ट्रिमिङ प्याक, अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, अनलिमिटेड नाइट भ्वाइस प्याक, पोष्टपेड प्याक, एसएमएस प्याक, सीयूजी प्याक, एफटीटीएच प्याकेज, विद्यार्थी अफर, चाइना कल अफर, इन्डिया कल अफर, एडीएसएल भोलुम बेस्ड प्याकेज, एडीएसएल अनलिमिटेड प्याकेज र मिस्ड कल अलर्ट सुविधालाई निरन्तरता दिइएको छ ।

त्यसैगरी फोरजी/एलटीई अफरको रुपमा हाल दिइरहेका विभिन्न सुविधाहरुलाई पनि निरन्तरता दिइएको छ ।

प्रकाशित मिति: Oct 18, 2019

प्रतिक्रिया दिनुहोस्