Logo
११ श्रावण २०८१, शुक्रबार
(October 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पिण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष्यमा पुनः रवीन्द्र कृष्ण श्रेष्ठ

मोरङ/ शिव भट्टराई,  मोरङको सुन्दरहरैचा वाड न ४ मा रहेको पिण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि ले आफ्नो दशौं चुनाबी साधारण सभा सप्पन्न गरेको छ।

सुन्दरहरैचामा रहेको साना किसान कृषि सहकारी सुन्दरपुरको सभाहलमा भएको कार्यक्रममा सस्थाका अध्यक्ष रवीन्द्र कृष्ण श्रेष्ठको सभापित्व रहेको थियो भने कार्यक्रमका प्रमुख अतिथीमा राष्ट्रिय महासंघ लि. काठमाडौंका लेखा सदस्य सोम व श्रेष्ठ रहनु भएको थियो त्यसैगरी विशेष अतिथीमा सुन्दर हरैचा वार्ड नं ४ का वार्ड अध्यक्ष शैलेन्द्र श्रेष्ठ र अतिथीहरु मा गछिया साकोसका प्रतिनिधि नागेश पोख्रेल, सुन्दरपुर साकोस का प्रतिनिधि धन बहादुर श्रेष्ठ लागायत बुदिजिबि र समाजसेवीको उपस्थिती रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रेष्ठ लगायत अन्य विशेष अतिथि साथै अतिथिहरुले संस्थाले सहकारीका सदस्यका परिवारलाई जन्म देखि मृत्यु सम्म हेर्नु पर्ने र सदस्यका अपेक्षालाई मध्यनजर गरेर कार्ययोजना बनाई अगाडी बढे सहकारी बलियो हुने बताएका छन्।त्यस्तै कार्यक्रममा संस्थाका उपाध्यक्ष पोष्ट कुमार श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए।

संस्थाले कार्यक्रममा आफ्नो सेयर सदस्य मध्ये संस्थामा एकमुष्ट मासिक बचत गर्ने सेयर सदस्यहरु, एच्छिक बचत खाताको कारोबार बढी गर्ने सदस्य, त्यस्तै नियमित किस्ता र ब्याज बुझाउने सदस्यहरूलाई पुरस्कृत गरिएको थियो। संस्थाले आजै नयाँ कार्य समिती को समेत चयन गरेको थियो।

मंगलबार चयन भएको कार्यसमितीमा अध्यक्षमा पुनः रवीन्द्र कृष्ण श्रेष्ठ, उपाध्यक्षमा पोष्ट कुमार श्रेष्ठ , सचिब मा गोविन्द श्रेष्ठ,कोशाध्यक्ष मा लक्ष्मी कुमारी श्रेष्ठ यस्तै सदस्यहरुमा सम्बरबहादुर श्रेष्ठ, रेनुका श्रेष्ठ,कृष्ण कुमारी श्रेष्ठ , राम कुमार श्रेष्ठ, चन्द्रकला श्रेष्ठ, बासुदेव श्रेष्ठ , धन बहादुर श्रेष्ठ आदि चयन हुनु भएको थियो ।

यस्तै लेखा समितीमा सम्योजक – देव नारायण श्रेष्ठ, सदस्यहरुमा टेकेन्द्र श्रेष्ठ र उमा श्रेष्ठ चयन हुनु भएको थियो भने कार्यक्रम को सञ्चालन संस्थाका व्यवस्थापक उमेश श्रेष्ठले गर्नु भएको थियो।

प्रकाशित मिति: Oct 16, 2019

प्रतिक्रिया दिनुहोस्