Logo
८ बैशाख २०८१, शनिबार
(October 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ मा मागेर खाने महिलाको बालत्कार गरी हत्या

प्रदेश २ स्थित एक जना मागेर खाने महिलाको बालत्कार गरी हत्या भएको छ ।

महोत्तरी जिल्ला स्थित गौशाला नगरपालिका १० थापाटोल स्थिति मरहा नदि किनारमा हत्यागरि फालेको अबस्थामा बिहीबार विहान अन्दाजी ३५/४० वर्षकी महिालको शव फेला परेको हो ।

शवको प्रकृति हेर्दा महिलाको कसैले बलात्कार गरी हत्या गरेको हुन सक्ने स्थानीयले बताएको छ ।

महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले महिलाको हत्या भएपनि मेडिकल रिपोर्ट आएपछि मात्र बलात्कार भएको हो वा होइन भन्ने भन्न सकिने बताउनुभयो ।

उहाँका अनुसार विहान १० बजेतिर खबर आएपछि अहिले प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिहरको छ । मृतक महिलाको मुख बाँधेको छ भने जिउतमा र छेउछाउ रगतको थोपाहरु देखिन्छ । सुस्त मनस्थितिकी महिला स्थानीय गाउँघरमा मागेर खाने गरेकी थिइन् ।

प्रकाशित मिति: Oct 3, 2019

प्रतिक्रिया दिनुहोस्