Logo
१२ श्रावण २०८१, शनिबार
(October 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ चयन प्रकृया सुरु : संसदमा टाँसियो सभामुखको राजीनामाको सूचना

यौन दुर्व्यवहारको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएको सूचना संसद सचिवालयमा टाँसिएको छ ।

उपसभामुखको निर्देशनअनुसार प्रतिनिधिसभा नियमावलीको नियम २११ को उपनियम २ अनुसार सूचना टाँसिएको सचिवालयका सचिव भरतराज गौतमले बताएका छन् ।

महराले मंगलबार उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा दिएका थिए । उनले राजीनामा पत्रमा ‘छानबिन नहुँदासम्मका लागि’ राजीनामा दिएको उल्लेख गरेका थिए ।

तर संसद सचिवालयको सूचनामा यसबारे केही उल्लेख छैन । यो सूचनासँग सभामुखको पद रिक्त भएको छ र नयाँ निर्वाचनका लागि बाटो खुलेको छ ।

जबकी महराको निजी सचिवालयले छानविन प्रक्रिया पूरा भइसकेपछि उनी पुनः जिम्मेवारीमा र्फकने दाबी गरेका थिए ।

यो पनि पढ्नुस् : 

http://45.77.46.207/2019/10/102925/

प्रकाशित मिति: Oct 2, 2019

प्रतिक्रिया दिनुहोस्