Logo
१७ फाल्गुन २०८०, बिहीबार
(October 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाघको आक्रमणमा मृत्यु भएका परिवारलाई १० लाख

धम्बोझी : बाघको आक्रमणबाट मृत्यु भएका घरपरिवारलाई बर्दिया राष्ट्रिय निकुञ्ज प्रशासनले रु १० लाख प्रदान गरेको छ ।

बाघको आक्रमणबाट मृत्यु भएका ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँका पहरिया थारूका परिवारलाई निकुञ्ज प्रशासनले क्षतिपूर्तिस्वरुप उक्त रकम दिएको होे ।

थारूका परिवारलाई निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल, नगर प्रमुख घननारायण श्रेष्ठ र श्रीरामनगर उपभोक्ता समितिका अध्यक्ष जर्नादन योगीले संयुक्तरूपमा चेक हस्तान्तरण गरिएको हो । ।

नेपाल सरकारको नियमबमोजिम पीडितका परिवारलाई क्षतिपूतिस्वरुप उक्त रकम हस्तान्तरण गरिएको प्रमुख संरक्षण अधिकृत बरालले बताए ।

गत भदौको पहिलो साता बारीमा सुँगुरलाई आहारा हाल्न गएका वडा नं १ भुरीगाउँ खानेपानीटोलका ७० वर्षीय थारूलाई बाघले बारीमै आक्रमण गरी मारेको थियो ।

प्रकाशित मिति: Oct 2, 2019

प्रतिक्रिया दिनुहोस्