Logo
१२ श्रावण २०८१, शनिबार
(October 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शाही-महरा सम्बन्ध : सोमबार “जबर्जस्ती गरे”, मंगलबार “बाउ”

दुई दिनदेखी नेपाली राजनीति र सामाजिक संजालमा गज्जवको माहोल चलेको छ । त्यसो त सहमतिमा यौन रोमान्स र कुरा नमिल्दा यौन दुव्र्यवहारको आरोप समान्य कुरा बन्दै गएको छ ।

यद्यपि केही त्यस्ता महिलाहरुका कारण वास्तविक पिडितहरु झन पीडित बन्ने अवस्थाको भने दिनानुदिन विकास हुँदै गएको छ । २ दिन देखि नेपाली परिवेशमा जारी एक महिला कर्मचारी र एक राजीनामा दिएका सभामुखबारेको सम्बन्ध प्रसंगले झन बिविध प्रश्नहरुको सृजना भने गरिरहेको छ ।

पढ्नुस् ती महिला कर्मचारीको २ फरक-फरक बयान ::

सोमबार महिलाको आरोप :

  • यतिसम्म गर्नुहोला भन्ने सोचेकी थिइनँ उहाँ (सभामुख महरा)ले साँझ ७ बजे ‘म आउँछु’ भनेर फोन गर्नुभयो । केहीबेरमा रक्सी बोकेर आउनुभयो, आज दसैँ मनाऊँ भन्नुभयो ।
  • पहिल्यै खाएर आउनुभएको रहेछ, फेरि दुई गिलास खानुभयो ।
    कोठामा पस्नेबित्तिकै जबर्जस्ती गरेपछि ममाथि कुटपिट पनि भयो । कुटाइले जिउ थिलथिलो भएको छ ।
  • योभन्दा पहिले पनि उहाँबाट ममाथि दुव्र्यवहारको प्रयास भएको थियो ।
    उहाँलाई मैले ०४७ सालदेखि नै चिनेकी हुँ । रोल्पा हुँदा उहाँकै घरमा बस्थेँ । त्यहाँ बस्दा फेमेलीजस्तै भइसकेको थियो ।
  • यतिसम्म गर्नुहोला भन्ने सोच्या थिइनँ । प्रहरी बोलाउँछु भनेपछि मात्रै उहाँ जानुभयो । ‘यतिसम्म गरिस्, कि तँ हुँदैनस्, कि म रहन्नँ’ भनेपछि जानुभएको हो ।
  • उहाँले (महरा)ले कति वेला आऊँ, के गरौँ भनेर जतिवेला पनि त्यही कुरा गर्नुहुन्थ्यो । त्यो भन्दा मलाई मनै पर्दैन थियो ।

 

मंगलबार उनले भनिन् :

  • उहाँ मेरो बाउसमानको मान्छे, उहाँ (सभामुख महरा) मेरो डेरामा आउनुभएकै छैन, नआएको मान्छेलाई आएको भनेर कसरी भन्नू ? संसद्मा उहाँको प्रेसर जाँच्ने क्रममा भेट हुने हो, कहिलेकाहीँ फोनमा पनि कुरा हुन्छ ।
  • मैले उहाँलाई मेरो बुबाजस्तै सोच्छु । उमेर पनि बाउकै जस्तो छ । त्यही भएर मैले उहाँलाई बाउलाई गर्नुपर्ने रेस्पेक्ट गर्छु ।
  • बाउछोरीकै नातामा कसैले शंका गर्छ र त्यसमा अनेकथरी कुरा गर्छ भने त्यसमा मलाई कुनै लेनादेना छैन, तिनीहरूले नै भोग्नुपर्ला ।
  • मैले एकपटक सभामुखज्यूसँग हाम्रो समायोजनबारे कुरा गरेकी थिएँ । मेरो समायोजन निकै दुर्गम ठाउँमा भाको छ, त्यो मिलाइदिनुहोला भनेकी थिएँ । ‘हुन्छ, हुन्छ’ भन्नुभएको थियो, तर गर्नुभएन ।
  • त्यसपछि मलाई पनि रिस उठ्यो । म अलिकति डिप्रेसनमा पनि छु । औषधि खाइरहेकी छु । समायोजनको विषयमा उहाँसँग फोनमा झगडा पनि भयो ।
  • हिजो मलाई मिडियामा त्यस्तो बोल्न प्रभावित पारेको मेरै रिसले हो, अरू कसैले होइन । डिप्रेसनको औषधि पनि हाइडोजमै लिइरहेकी थिएँ ।
  • रिसकै तालमा प्रहरीलगायत क–कसलाई फोन गरे थाहा छैन ।
  • तर, अहिले सुनियोजित तरिकाले उहाँलाई पदच्युत गरेर त्यसमा आफू ‘स्टाब्लिस’ हुने खालको माहोल मैले देखेँ ।

प्रकाशित मिति: Oct 2, 2019

प्रतिक्रिया दिनुहोस्