Logo
१२ श्रावण २०८१, शनिबार
(October 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबीमा ७७ ज्येष्ठ नागरिकलाइ सम्मान

दुहवी/सुनसरीको दुहवीमा ७६ जना ज्येष्ठ नागरिकहरुलाइ सम्मान गरिएको
छ । अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर दुहवी वडा नम्वर ४ को कार्यालयले आफ्ना वडाका ७५ जना ज्येष्ठ नागरिकहरुलाइ सम्मान गरेको हो । दुहवी वडा नम्वर ४ का वडाध्यक्ष राजन बस्नेतको अध्यक्षतामा एक कार्यक्रमकाबिच दुहवी नगर प्रमुख बेदनारायण गच्छदारले ८५ वर्ष पुग्नु भएका ५ जनालाइ दोसल्ला ओढाएर नगद १ हजार सहित सम्मान गर्नुकासाथै ७० वर्ष पुग्नु भएका ७२ जनालाइ नगद १ हजार सहित सम्मान गर्नु भएको थियो । नगर प्रमुख गच्छदारले ज्येष्ठ नागरिकहरु अनुभवी हुँनु भएकोले ज्येष्ठ नागरिकहरुबाट
धेरै कुराहरु सिक्नु पर्ने बताउँनु हुँदै दुहवी वडा नम्वर ४ मा यसै वर्षदेखि करोडौको ५ ओटा महत्वकांक्षी योजनाहरु सुरु हुँने जानकारी दिनुभयो, जसमा हाट बजार व्यवस्थापन, रंगशाला तथा फिटनेस सेन्टर, माछा पशु बधशाला निर्माण र तटबन्ध निर्माण रहेको छ । कार्यक्रममा समाजसेवी,बुद्धिजिवी,
प्रहरी,स्थानियहरुको उल्लेखनीय उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: Oct 1, 2019

प्रतिक्रिया दिनुहोस्