Logo
१२ श्रावण २०८१, शनिबार
(October 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभामुखको राजीनामा कार्यबाहक दिए जस्तो भयो प्रष्ट भएन : विश्वप्रकाश शर्मा

काठमाडौं : एक महिलामाथि यौन दुव्र्यवहार गरेको आरोप लागेका सभामुख कृष्ण बहादुर महराले आफ्नो पदबाट दिएको राजीनामा प्रति प्रमुख विपक्षी नेपाली कांग्रेसले टिप्पणी गरेको छ ।

पार्टी कार्यालय सानेपामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कृष्णबहादुर महराले सभामुखबाट दिएको राजीनामा अपुरो भएको बताएका हुन् । उनले सभामुखको राजीनामा कार्यबाहक दिए जस्तो भएको भन्दै प्रष्ट राजीनामा आउनु पर्ने बताए ।

उपसभामुखलाई बुझाएको राजीनामा पत्रमा छानबिन प्रक्रिया नसकिएसम्म भनिएको भन्दै उनले भने, ‘राजीनामा दिनु भएको हो कि कार्यबाहक ?’ उनले छानबिनका लागि एक वर्षसम्म लाग्यो भने संसद कार्यबाहकले चलाउने भन्ने प्रश्न समेत गरे ।

सभामुख महराले आफ्नो पदबाट राजीनामा दिएपछि प्रहरीले अनुसन्धान थालिसकेको छ ।

प्रकाशित मिति: Oct 1, 2019

प्रतिक्रिया दिनुहोस्