Logo
१२ श्रावण २०८१, शनिबार
(October 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल-भारत सीमा नाका ३ दिन बन्द हुने

भारतसँग सीमा जोडिएका बैतडी र दार्चुलाका सबै नाका ३ दिनका लागि बन्द हुने भएका छन् ।

यही असोज १८ गते सिमावर्ती भारतीय जिल्ला झुलाघाटमा हुने जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनलाई मध्यनजर गर्दै नेपाल-भारत सीमाना यही असोज १६ देखि १८ गते सम्म ३ दिनका लागि बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए ।

असोज १६ गते साँझ ५ बजेदेखि १८ गते साँझ ५ बजेसम्म ३ दिनका लागि अन्तर्राष्ट्रिय सीमा (पुल) बन्द हुने उनले बताए । दशैँमा सीमा नाका बन्द हुने भएपछि घर फर्किने नेपालीलाई समस्या हुने देखिएको छ ।

यस्तै दोस्रो चरणअन्तर्गत दार्चुलाको सीमापारी रहेको दार्चुलामा पनि निर्वाचन हुने भएकाले असोज २७ गते साँझ ५ बजेदेखि असोज २९ गते साँझ ५ बजेसम्म दार्चुला नाका पनि बन्द हुने जनाइएको छ ।

आकस्मिक रुपमा निर्वाचनको बिचमा पुल खोल्नुपरेमा आपसी समझदारीमा खोल्न सकिने जिल्ला प्रसासन कार्यालय बैतडीले जनाएको छ ।

प्रकाशित मिति: Oct 1, 2019

प्रतिक्रिया दिनुहोस्