Logo
२५ बैशाख २०८१, मंगलबार
(October 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गाई काटेको अभियोगमा ३ जना पक्राउ

चितवन :  पूर्वी चितवनको कालीका नगरपालिका-३ २ सय बिगाहास्थित जनप्रिय टोलमा आज बिहान गाई काट्दै गरेको अवस्थामा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । २ जना फरार रहेका छन् ।

इलाका प्रहरी कार्यालय टाँडीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा कालीका नगरपालिका-३ बस्ने ३५ वर्षीया निरमाया तामाङ, २७ वर्षीया अञ्जना तामाङ, र १८ वर्षीय अमिर तामाङ रहेका छन् । उनीहरुलाई बिहान निरमायाको आँगनमा गाई काटिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

सोही क्रममा फरार रहेका २ जनाको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायब उपरीक्षक भावेश रिमालले सो विषयमा थप अनुसन्धान भइरहेको बताए ।

प्रकाशित मिति: Oct 1, 2019

प्रतिक्रिया दिनुहोस्