Logo
१२ श्रावण २०८१, शनिबार
(October 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुलुक हल्लाउने ‘VVIP यौन काण्ड’ : सरकारी नर्स रहेकी उक्त महिला ज्ञानेन्द्र शाहीका नातेदार!

मुलुक हल्लिने गरि प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि दुर्व्यवहारको आरोप लगाउने महिला को हुन् ? भन्ने, चर्चाले अहिले बजार तताएको छ । हामीले यस विषयमा खोजबिन गरेका छौ ।

यो ‘भीभीआईपी यौन काण्ड’ चर्चित भएसँगै यो घटनामा जोडिएकी महिला नेपाल सरकारको नर्स पदमा कार्यरत वीर अस्पतालकि कर्मचारी हुन् । यद्यपि उनी संसद सचिवालयमा काजमा कार्यरत छिन् । उक्त महिला र महराबीचको सम्बन्ध २०४८ सालदेखि रहेको खुलेको छ ।

वन मन्त्री शक्तिबहादुर बस्नेतको गृह जिल्लावासी तथा  भ्रष्टाचार विरोधी अभियानमा लागेका ज्ञानेन्द्र शाहीका नातेदार पनि हुन् । महरा र उक्त महिलाबीच पहिलादेखिनै सम्बन्ध रहेको छ भने आफ्न्त झै महरा पनि उनको  घरमा आवतजावत गर्ने गर्दथे । एउटै पार्टीका भएका कारणले उनीहरुको सम्बन्ध राम्रो रहेको थियो । उक्त महिलाका श्रीमान कर्मचारी संगठनको नेता पनि हुन् ।

पटक–पटक उक्त महिलाको घरमा पुगेर महराले खानपिन गर्दै आएको पनि खुलेको छ । पारिवारिक जस्तै सम्बन्ध भएका शाही र महराबीच अहिले यो काण्ड कसरी हुन पुग्यो ? किन अहिले नै उक्त महिलाले महरामाथि यस्तो गम्भिर आरोप लगाउन पुगिन ? यो विषयले पूर्व माओवादी वृत्तभित्र हलचल ल्याएको छ । हलचलमात्र होइन जानकारहरु आश्चर्यमा परेका छन् । स्रोतका अनुसार महरा र उक्त महिलाबीच सुमधुर सम्बन्ध रही आएपनि पछिल्ला दिनहरुमा खटपट पर्दै आएको थियो ।

दशैंको पूर्वसन्ध्यामा उक्त महिलाले महरासँग केही माग राखेको बताइन्छ । नेपथ्यमा सरुवाको विषय भएको देखिएपनि भित्र चाहि अरुनै कुरा लुकेको स्रोतको दाबी छ ।

सदाजस्तै आइतबार साँझ महरा उक्त महिलाको घरमा पुगेका थिए । पहिलाजस्तै फोनमा कुरा गरेर राति ८ बजे पुगेका महरा करिब २ घण्टा उनको डेरामा बसेका थिए । शाहीका अनुसार डेरामा महराले एउटा रक्सी समेत लिएर गएका थिए । प्रायः जसो वाइन रुचाउने उक्त महिलाले त्यसदिन महराको आग्रहमा हार्डड्रिङ्कस गरेकी थिइन् ।

उनको बेडरुममा बसेका उनीहरु ड्रिङ्कस गर्नु अगाडि उक्त महिलाले भान्सा कोठाबाट शुरुमा एउटा प्लेट र एउटा गिलास मात्र ल्याएकी थिइन् । प्लेटमा काजु राखिसकेपछि महराको आग्रहमा अर्को गिलास लिएर बेडरुमको ठूलो पलङमा बसेर दुवै जनाले चुस्कि लिएका थिए ।

स्न्याक्समा करु नभएपछि भान्सामा रहेका काक्रो काटेर ल्याइएको थियो । पिउनु अगाडि उक्त महिलाले नजिकैबाट मासु ल्याउन खोजेपनि महराले पर्दैन भनेका थिए । शुरुमा पिउन इन्कार गरेकी उनले पछि भने महरा बराबर पिएको बताइन्छ ।

प्रहरी स्रोतका अनुसार शुरुमा राम्रै कुराकानी आगाडि बढेपनि मदिरा लाग्दै गएपछि बिस्तारै विवाद बढ्दै गएको थियो । उनले डेरा दिएर बसेको घरमा छोराछोरी विदेश गएका दम्पतीहरु मात्र बस्छन् । पूरै फ्ल्याट लिएर त्यो घरमा शाही मात्र डेरमा बस्दै आएकी छन् । पछिल्लो पटक महरा जाँदा उनका श्रीमान त्यहाँ थिएनन् ।

पहिला राम्रा राम्रा कुराबाट शुरु भएको उनीहरुको कुराकानी नसा लाग्दै जान थालेपछि विवाद बढ्दै गएको प्रहरी स्रोतले बताएको छ । स्रोतका अनुसार नसा लाग्दै गएपछि महिलाले ठूलो–ठूलो स्वरमा महरालाई गाली गरेकी थिइन् ।

महिलाले आफूमाथि महराले जवरजस्ती यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् भने महराले आफूमाथि षड्यन्त्र भएको बताएका छन् । उक्त महिला र महराबीच विवाद बढ्दै जाँदा हातहालाहालको स्थितिसम्म पुगेको थियो । यसक्रममा महराको चस्मा समेत फुटेको बताइन्छ ।

उता महिलाले भने महराले आफूमाथि यौन दुर्व्यवहार गरेको बताउँदै आइतबार बेलुका आफ्नो डेरामा आउँदा मदिराले लठ्ठ परेको प्रहरीले पाएका थिए । महिलाले महरालाई महरा सर भने सम्बोधन गर्ने गर्दथिइन् । तर, त्यसदिन कसरी यस्तो घटना हुन पुग्यो । यो आश्चर्यको विषय बनेको छ ।

उक्त महिला र महराबीच भेटघाटमात्र होइन फोन र भाइबरमा मिठामिठा कुराकानी समेत हुँदै आएको थियो । उनीहरुबीच पटक–पटक खानपिन कुराकानी हुँदै आएको बताइन्छ । महिलाले अहिले महराले आफूमागि निरन्तर यौन दुर्व्यवहार गर्दै आएको खुलासा गरेकी छन् । अहिलेसम्म किन सार्वजनिक गरिनन् त भन्ने प्रश्न पनि उठेको छ ।

यद्यपी उक्त घटनापछि महिलाले बानेश्वर प्रहरीसँगै उपसभामुख र नेकपाका महिला नेतृहरु घटनाबारे जानकारी गराएपनि आफूले सहयोग नपाएको गुनासो गरेकी छन् । अन्य कुराको खण्डन गरेपनि महराले आइतबार साँझ शाहीको डेरामा गएको कुरा स्वीकारेका छन् ।

प्रकाशित मिति: Oct 1, 2019

प्रतिक्रिया दिनुहोस्