Logo
२५ बैशाख २०८१, मंगलबार
(October 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभामुख महराको अभिब्यक्ती नै विबादास्पद, राजिनामा दिन पार्टी भित्रबाट दवाव

फाईल तस्विर

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा बरिष्ठ नेताहरुको बैठक बसेको छ ।

संघीय संसदका सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको गम्भिर आरोप लागेपछि आज (मंगलबार) नेकपाका बरिष्ठ नेताहरुको बैठक बसेक हुन् ।

२०४८ साल देखि नै सभामुख महरासंग चिनजान भएकी ती महिलाले अहिले आएर जवरजस्ती करणी गरेको आरोप लगाएपछि अध्यक्ष प्रचण्डले सभामुख महरालाई राजिनामा दिएर घटनाको छानवीनमा सहयोग पु¥याउन आग्रह गरेको बताइएको छ ।

तीनकुनेमा भएको उक्त घटनाको बारेमा आफु बलात्कृत भएको आरोप सभामुख महरामाथि लगाउने महिलाको मानसिक अवस्था ठिक नभएपछि औषधी सेवन गर्ने गरेको सरकारी पक्षको दावी छ भने उनले अहिले सम्म प्रहरीमा उजुरी समेत गरेकी छैनन ।

बलात्कृत भए भन्ने ती महिलाको बारेमा जानकारी लिन उनको घरमा पुगेको बेला महराले ती महिलालाई हिजो जे भयो त्यो बिषयमा नउचाल्न आग्रह गरेको समेत अडियो बाहिर आएपछि अहिले महरा अफ्ठेरोमा पर्नु भएपछि राजिनामा दिन पार्टी भित्रबाट दवाव आउन थालेको छ ।

भनेको ठाउंमा सरुवामा जान नपाएको अभियोगमा आफुलाई फसाउ खोजेको भन्दै महरा चोखिन खोजेपनि उहांले दिएको अभिब्यक्ती नै विबादास्पद बनेको छ ।

चौतर्फी रुपमा पार्टीमाथि आक्रमण भइरहेको बेला सभामुख महराको घटनाले पार्टीलाई थप क्षतीबाट बचाउन उहांले पदबाट राजिनामा दिन पार्टीका नेताहरुले आग्रह गरेका छन । सभामुख महराले राजिनामा नदिए महाअभियोग लगाउने तहसम्म नेताहरु पुगेको बताइएको छ ।

सो बैठकमा प्रधानमन्त्री केपी ओलीको भने सहभागिता नरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति: Oct 1, 2019

प्रतिक्रिया दिनुहोस्