Logo
२१ बैशाख २०८१, शुक्रबार
(September 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

असम राइफल्सका DG सुखदीप संगवान काठमाण्डौमा, अवकास जीवन बिताइरहेकाहरुलाई सम्मान

भारतीय सेनामा काम गरी अवकास जीवन बिताइरहेका तथा उनका आश्रीत परिवारलाई एक कार्यक्रमबीच नेपालमा सम्मान गरिएको छ । असम राइफल्सका डारेक्टर जेनरल सुखदीप संगवानको उपस्थितीमा सम्मपन्न एक कार्यक्रबीच उक्त सम्मान गरिएको हो ।

मंगलवार (३ सेप्टेम्बर २०१९) काठमाडौंमा आयोजित उक्त कार्यत्रममा सेनामा रही बलिदानी दिएकाहरुको सम्मानमा उनका परिवारलाई पनि सम्मान गरिएको छ ।

कार्यक्रममा ५०० भन्दा बढी ईएसएम, वीर नारिस, अन्य महिला र आश्रितहरूको उपस्थित रहेको थियो । जस्को प्रमुख आथित्य डायरेक्टर जनरल असम राइफल्स, लेफ्टिनेंट जनरल संगवानले गरेका थिए ।

साथमा उनकी श्रीमती संगीता सांगवान (अध्यक्ष असम राइफल्स पत्नी कल्याण संघ) (ARWWA) को समेत उपस्थिीति रहेको थियो ।

डीजी असम राइफल्सले वीरता पुरस्कार, युद्धका दिग्गज सैनिक, वीर नारिस, अन्य महिला र अक्षम ईएसएम लगायतलाई सम्मान गरेका हुन् ।

उक्त क्रममा भारतीय रुपैयाँ ४८, ३७, १०५ रकम निवृत्तिभरणलाई भुक्तानी गरिएको थियो । त्यसैगरी १९९६ भन्दा बढि पुरानो निवृत्तिभरण प्रकरणहरू सुल्झाइएको छ भने पीपीओ र बकाया एनओकेलाई जारी गरिएको छ ।

यसका साथै ब्याट्रीबाट संचालित व्हीलचेयर, वाकिङ्गस्टिक्स तथा अन्य उपहारहरू समेत वितरण गरिएको छ ।

हेर्नुस् तस्विरहरु: 

प्रकाशित मिति: Sep 4, 2019

प्रतिक्रिया दिनुहोस्