Logo
१२ श्रावण २०८१, शनिबार
(September 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिआरआईबारे थप समझदारीका लागि चिनियाँ विदेशमन्त्री आइतबार काठमाडौं आउँदै

छिमेकी मुलुक चीनका विदेशमन्त्री वाङ यी दुई दिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आउने भएका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार विदेशमन्त्री वाङ इस्लामावादमा हुने पाकिस्तान-अफगानिस्तान–चीन त्रिपक्षीय बैठकमा सहभागी भएर आइतबार साँझ काठमाडौं आउने तय भएको छ।

विदेशमन्त्री वाङ चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्भावित नेपाल भ्रमणको तयारीका लागि काठमाडौं आउन लागेको बुझिएको छ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा आउन लागेका वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्ने कार्यक्रम छ।

त्यसैगरी परराष्ट्रमन्त्री ज्ञवालीसँग द्विपक्षीय वार्ता गर्नेछन्। विदेशमन्त्रीको भ्रमणमा दुई पक्षबीच सम्भावित द्विपक्षीय सम्झौता, चिनियाँ परियोजना बिआरआईबारे थप समझदारीबारे छलफल हुने बताइएको छ।

चिनियाँ राष्ट्रपति सीले अक्टोबर ११ बाट भारतको पाँच दिने भ्रमण सुरु गर्दैछन्। यो भ्रमणको समयमा (अगाडि वा पछाडि) राष्ट्रपति सी पनि नेपाल भ्रमणमा आउने अपेक्षा गरिएको छ।

यसका लागि काठमाडौंमा सुरक्षा तयारी थालिएको छ। यसअघि सुरक्षा अवस्थाबारे बुझ्न चिनियाँ सुरक्षा निकायको टोली हालै काठमाडौं आएर फर्किसकेको छ।

प्रकाशित मिति: Sep 4, 2019

प्रतिक्रिया दिनुहोस्