Logo
१२ श्रावण २०८१, शनिबार
(September 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विजय गच्छदार पक्षधर काग्रेस नेताहरुको छुट्टै भेला

नेपाली काग्रेसका नेता विजयकुमार गच्छदार पक्षधर सुनसरीका नेता कार्यकर्ताहरुले नेपाली काग्रेस प्रति असन्तुष्ट व्यक्त गर्दै छुट्टै भेला गरेका छन । लोकतान्त्रीक फोरमबाट २०७४ असोज ३० मा गच्छदार आफना नेता कार्यकर्तासहित कांग्रेसमा फर्केका थिए ।

सुनसरीमा नेपाली काग्रेस सग एकिकरण भए पछि आफुहरुलाई समायोजन नगरि जिम्मेवारी बिहिन बनाएर राख्ने काम भएकाले एकताको औचित्य माथि प्रश्न गर्न र सहमती अनुसार पद बाँडफाड गर्न केन्द्रलाई माग राख्न भेला भएका गच्छदार पक्षधर नेता कार्यकर्ताहरुले निष्कृय बस्ने चेतावनी समेत दिएका छन ।

शुक्रवार इनरुवा १ स्थित सत्यनारायण मन्दीरमा भेला भएका सयौ नेता कार्यकर्ताहरुले पार्टी एकता भएको दुई वर्ष विती सक्दा पनि सम्मानजनक समायोजन नभएको भन्दै असन्तुष्ट कार्यकर्ताहरुको माग पुरा नभए काग्रेसको सवै कार्यक्रम बहिष्कार गर्ने चेतावनी दिएका छन ।

नेपाली काग्रेस सग एकिकरण भए पछि एकता समायोजनमा उचित स्थान दिने पुर्व सहमती विपरित सुनसरीमा सयौ नेता कार्यकर्ताहरु कुनै जिम्मेवारी नपाई पार्टीको मुलधार भन्दा बाहिर बस्न बाध्य भएको भेलामा सहभागीहरुले गुनासो गरेका थिए ।

लोकतान्त्रीक फोरमका पुर्व सुनसरी अध्यक्ष प्रदिप चौधरीले सुनसरीबाट करिब ६ हजार क्रियाशील सदस्यता रहेको पार्टीका नेता कार्यकर्ताहरुलाई हिजोको सहमती कार्याव्यन नगरि समायोजनका नाममा वेवास्ता गर्ने काम गरेकाले जिल्लामा साथीहरुले उठाएका मागलाई कन्द्रले पुरा नगरे बहिष्कार गरि निष्कृय भएर बस्ने चेतावनी दिएका थिए ।

भेलामा सहभागी भएका शिवनारायण उराँवले भने क्रियाशील सदस्यले प्रत्येक गाउँ र नगर कार्यसमितिमा उचित स्थान नपाएको अवश्थामा पार्टीमा भिड बढाउन मात्र हिडनुको कुनै अर्थ नरहेको बताए ।

अर्का नेता योगेन्द्र मेहताले पार्टी एकताका समयमा दुई पार्टीका शिर्ष नेताहरुले गाउ देखी केन्द्र सम्मका सवै नेता कार्यकर्ताहरुलाई समायोजनमा जिम्मेवारी दिने सहमतीलाई हाल सम्म पुरा गर्न केन्द्र र सवै तहका पार्टीको कार्यसमितिले चासो नदेखाएकाले असन्तुष्टीलाई पुरा नगरे पार्टीका कार्यक्रमहरु बहिष्कार गर्ने निर्णय भएको बताए ।

इनरुवाका बौवालाल मेहताले भने हिजोका सहमतीलाई पार्टीले व्यवहारमा लागु नगर्दा कार्यकर्ताहरुमा व्यापक असन्तुष्टी पैदा भएर राजनितिक विचलन आउन थालेकाले समायोजन छिटो गर्नका लागी दवाव दिन भेला बोलाएको बताए ।

भेलामा नेताहरु सपन दास, सदानन्द मण्डल, सुमित्रा थरुनी, योगेन्द्र मेहता, बौवालाल मेहता, डिएन मेहता, सत्यनारायण चौधरी, केसीलाल चौधरी, मनोज चौधरी लगायतका सुनसरीका दुई उपमहानगरपालिका, चार नगरपालिका र छ गाउपालिकाका नेता कार्यकताहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति: Sep 3, 2019

प्रतिक्रिया दिनुहोस्