Logo
१२ श्रावण २०८१, शनिबार
(September 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अफगानिस्तानमा आत्मघाती हमला : १६को मृत्यु, सयभन्दा बढी घाइते

काबुल :  अफगानिस्तानमा आत्मघाती हमला भएको छ । तालिवान समूहले गराएको उक्त विस्फोटमा परी १६ जना मानिसको मृत्यु हुनुका साथै १०० भन्दा बढी घाइते भएका छन् ।

मध्य काबुलमा सोमबार राति सो विस्फोट ग्रीन भिलेज नजिक भएको थियो । जहाँ विभिन्न विदेशी दातृ निकाय र अन्तर्रा्ष्ट्रिय संगठनका कार्यालय रहेको आन्तरिक मन्त्रालयका प्रवक्ता नसरत रहिमीले बताएका छन् ।

ठूलो आवाजसहित राति विस्फोट भएको प्रत्यक्षदर्शीले बताएका छन् । सो कम्पाउण्ड भित्र धेरै विदेशी बस्ने गरेको जनाइएको छ । सो क्षेत्रमा गएको जनवरीमा पनि आक्रमण भएको थियो ।

सो क्षेत्र अफगान सुरक्षाकर्मी र निजी सुरक्षा गार्डबाट घेरिएका हुन्छन् । उक्त क्षेत्रमा विदेशी गार्डपनि रहने गरेकाले विदेशीपनि परेको हुन सक्ने जनाइएको छ ।  (अलजजीरा)

प्रकाशित मिति: Sep 3, 2019

प्रतिक्रिया दिनुहोस्