Logo
१२ श्रावण २०८१, शनिबार
(September 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनको मूल्य बढ्यो, प्रतितोला ७२ हजार ५००मा कारोबार

काठमाडौं :  साताको तेस्रो दिन मंगलबार सुनको मूल्य रु ५०० ले बढेको छ ।

अघिल्लो दिन तोलामा ७२ हजारमा कारोबार भएको छापावाल सुन आज मंगलबार रु ५०० ले बढेर तोलामा ७२ हजार ५०० मा कारोबार भएको हो । यसैगरी तेजावी सुन ७२ हजार २०० मा कारोबार भएको छ ।

यस्तै चाँदी तोलामा रु ८९५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी रु ८८५ मा कारोबार भएको थियो ।

प्रकाशित मिति: Sep 3, 2019

प्रतिक्रिया दिनुहोस्