Logo
२८ असार २०८२, शनिबार
(September 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्री भट्टराईले गरे तस्वीर संकलन, त्रिभुवन विमानस्थलका अनुशासनहीन कर्मचारीहरु तनावमा

काठमाडौं : त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलका कर्मचारीहरु आफ्नो कार्य समयमा चनाखो हुनु पर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलका अनुशासनहीन कर्मचारीहरुलाई कारबाही गर्ने बताएका छन् ।

आइतबार ‘त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलका कर्मचारीहरुको सकारात्मक सोच’ विषयक प्रशिक्षण तालिमको उद्घाटन गर्दै मन्त्री भट्टराईले कार्यालय समयमा निदाउने, फेसबुक चलाएर बस्ने, मोबाइल चलाएर बस्ने कर्मचारीहरुलाई कारबाही गर्न विमानस्थल नेतृत्वलाई निर्देशन दिएका छन् ।

विमानस्थलका अनुशासनहीन कर्मचारीलाई कारबाही गर्न आफुले तस्वीर संकलन गरेको बताउँदै उनीहरुलाई दायरामा ल्याउन सीसी टिभी क्यामेराको थप व्यवस्था गर्ने योजना रहेको पनि उनले बताए । विमानस्थल मुलुकको इज्जतसँग जोडिएकाले कर्मचारीहरु बढी अनुशासित हुनुपर्ने मन्त्रीभट्टराईको भनाइ छ ।

मन्त्री भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायको छानबिनमा रहेका विमानस्थलका कर्मचारीलाई तत्काल हटाउन बताउँदै कुनै पनि दाग लागेका कर्मचारीहरुलाई विमानस्थलमा नराख्ने चेतावनी दिए ।

प्रकाशित मिति: Sep 1, 2019

प्रतिक्रिया दिनुहोस्