Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब नेपाल SBI बैंकले आफ्ना शेयरधनीलाई १७ प्रतिशत लाभांश दिने

नेपाल एसबिआई बैंकले आफ्ना शेयरधनीलाई १६ दशमलव ८४ प्रतिशत लाभांश दिने भएको छ ।

बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले छ प्रतिशत शेयर लाभांश र १० दशमलव ८४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

बैंकको आर्थिक वर्ष २०७५/७६ को वार्षिक आर्थिक विवरण स्वीकृत गर्दै गत वर्षको मुनाफा तथा विगत वर्षमा आर्जित मुनाफाबाट उक्त लाभांश दिन लागेको जनाएको छ ।

बैंकले आफूले गरेको उक्त निर्णय आज नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराएको हो । उक्त प्रस्तावलाई बैंकको आगामी २६औँ वार्षिक साधारसभा र नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि वितरण गरिने कम्पनीका सचिव भीष्म नेउपानेले जानकारी दिनुभयो ।

सो बैंकले अघिल्लो आवमा १५ दशमलव ७९ प्रतिशत लाभांश बाँडेको थियो ।

प्रकाशित मिति: Sep 30, 2019

प्रतिक्रिया दिनुहोस्