Logo
१२ श्रावण २०८१, शनिबार
(September 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिजी मल अनुगमनमा गएको सरकारी टोलीलाई ब्यापारीले घेरेपछि …

काठमाडौं : नयाँ बसपार्कको बिजी मलमा अनुगमनमा गएको सरकारी टोली व्यापारीको घेराबन्दीमा परेको छ ।

दशैंको बेलामा दु:ख दिने नियतका साथ अनुगमन गरिएको भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका टोलीलाई ब्यापारीले मलभित्रै घेरेका हुन् ।

मलमा अनुगमन गरेर कारवाही कारवाही प्रक्रिया थालेलगत्तै सबै सटर बन्द गरेर ब्यापारी प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले सरकारी अनुगमन विरुद्ध नाराबाजी गरिरहेका छन् ।

टोलीले घेराबन्दीमा परेपछि प्रहरी र प्रशासनबाट सुरक्षा र सहयोग मागेको छ । घटनास्थलमा प्रहरी पनि पुगिसकेको छ ।

महानगरीय प्रहरी प्रभागका प्रहरी निरीक्षक सन्तोष दाहालले ब्यापारीको विरोधका बीचमा पनि अनुगमन चलिरहेको बताए । उनले टोलीले ब्यापारीलाई अनुगमनको उद्देश्य प्रष्ट पारेपछि अवस्था समान्य बनेको जनाए ।

अघिल्लो हप्ता पनि रञ्जना गल्लीमा पनि अनुगमन टोली ब्यापारीको घेराउमा परेको थियो । दुई दिनअघि दरबारमार्गमा पनि अनुगमन टोली पुगेपछि सबै पसल बन्द गरिएका थिए ।

चाडबाडमा ठगी रोक्न भन्दै विभागले विभिन्न टोली बनाएर अनुगमन बढाएको अनलाइन खबरमा उल्लेख छ । तर, विभागलाई जताततै ब्यापारीले असहयोग गरेका छन् ।

प्रकाशित मिति: Sep 30, 2019

प्रतिक्रिया दिनुहोस्