Logo
१२ श्रावण २०८१, शनिबार
(September 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अस्तव्यस्त रहेको नौविसे-नागढुङ्गा जाम हट्यो, प्रहरी भन्छन्- ओभरटेक नगरौं

नौविसे : नागढुंगा सडकमा जाम हटाउन प्रहरी सक्रिय भएको छ। आज (सोमबार) बिहानैदेखि उक्त सडक खण्डमा जाम नरहेको धादिङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बिहान १० बजेसम्मको अपडेट सार्वजनिक गर्दै धादिङ प्रहरीले सडकमा जाम नरहेको जानकारी दिएको हो।

केही दिनअघि काठमाडौँको नागढङु्गादेखि धादिङको नौबिसेसम्म गाडीको ठूलो लाइन लाग्दा यात्रु नराम्ररी प्रभावित भएका थिए । २०/२५ किलोमिटरको बाटो पार गर्न यात्रु घण्टौँसम्म कुर्न बाध्य भएका थिए ।

तर अहिले नागढुङ्गा सडक खण्डको अवस्था सामान्य रहेको छ । शनिबारदेखि सुध्रँदै गएको नागढुंगा-नौबीसे सडक खण्डमा आज जाम नरहेको प्रहरीले जनाएको छ।

सोमबार बिहानैदेखि जाम पूर्णरूपमा हटेको र सहज रूपमा सवारी आवागमन भइरहेको धादिङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ। नौबिसेबाट काठमाडौं जाने गाडीको संख्या बढेको जानकारी पनि प्रहरीले दिएको छ।

ओभरटेक नगरौं‚ सडकको नियम पालना गरौं भन्दै धादिङ प्रहरीले सुझाव र गुनासो भएमा हाइवे अपरेसन टिममा जानकारी दिन अनुरोध गरेको छ।

सडक अस्तव्यस्त भएपछि गृहमन्त्री रामबहादुर थापाले जाम हटाउन प्रहरीलाई निर्देशन नै दिनुप¥यो । त्यो देख्दा यसपालिको दशैँ सास्तीमै बित्ने त होइन भन्ने आशङ्का भइरहेका बेला महानगरीय ट्राफिक प्रहरी महाशाखाले भने सबै समस्या हल भइसकेको र अब त्यस्तो समस्या नहुने भन्दै नागरिकलाई आश्वस्त समेत पारेको छ ।

प्रकाशित मिति: Sep 30, 2019

प्रतिक्रिया दिनुहोस्