Logo
१२ श्रावण २०८१, शनिबार
(September 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गछिया जेसिजले गर्यो वृहद रक्तदान

शिव भट्टराई, सुन्दरहरैचा / अहिले महामारीको रूपमा डेंगु तथा अन्य रोगका बिरामीहरूलाई रगतको अभाव हुन नदिन मोरङ्गको सुन्दरहरैचा नगरपालीका-७ स्थित गछिया चोक साजीलाल मिनि मार्केटमा गछिया जेसिजद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ।आईतबार भएको रक्तदान कार्यक्रममा सुन्दरहरैचा नगरपालिका वार्ड नं ७ का वार्ड अध्यक्ष चैतन्य प्रसाद सिटौलाको प्रमुख आतिथ्यता रहेको थियो भने गछिया जेसिजका निवर्तमान अध्यक्ष नेत्र प्र. दुलालको सभापतित्व रहेको थियो।त्यस्तै कार्यक्रममा जेसिज जनसम्पर्क अधिकारी सुमिता कट्वालको संयोजकत्व रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिटौलाले यस रक्तदान कार्यक्रम आयोजना गरी पुन्यकार्य गरेकोमा जेसिजलाई धन्यवाद दिएका थिए। सो रक्तदान कार्यक्रममा २५ प्रिन्ट भन्दा बढी ब्लड सङ्कलन गरिएको थियो भने नेपाल रेड क्रस धरानकाे प्राविधिक सहयोगमा सो कार्यक्रम सम्पन्न भएको थियो।त्यसैगरी गछिया जेसिजका महासचिव मनोज रेग्मीले सो कार्यक्रम सञ्चालन गरेका थिए।

प्रकाशित मिति: Sep 29, 2019

प्रतिक्रिया दिनुहोस्