Logo
११ श्रावण २०८१, शुक्रबार
(September 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहवी प्रहरीको लापरवाहीले ठुलो दुर्घटना हुँनबाट टल्यो

दुहवी / सुनसरीको दुहवी ५ स्थित रहेको इलाका प्रहरी कार्यालय दुहवीको लापरवाहीले ठुलो दुर्घटना हुँनबाट टलेको भन्दै स्थानिय आक्रोसित भएका छन । स्थानिय रामभक्त राईकाअनुसार इप्रका दुहवीको पश्चिम पट्टी रहेको पर्खाल छेवमा महिनौ देखि बालुवा तथा माटो थुपारेको कारण पर्खाल बाङ्गो भएपछि आफुले बारम्वार इप्रका दुहवीलाइ जानकारी गराउँदा समेत अटेर गरेकोले लगातारको वर्षाले गर्दा पक्की पर्खाल खसेर ठुलो दुर्घटना हुँनबाट टलेको बताए । राईले सो बिषयमा दुहवी वडा नम्बर ५ को कार्यालयलाइ जानकारी गराउँदा समेत वास्ता न गरेको भन्दै आक्रोसित भएका थिए । पर्खाल लडेको सो वाटोमा दैनिक सयौंं आवत जावत गर्छन ।

प्रकाशित मिति: Sep 29, 2019

प्रतिक्रिया दिनुहोस्