Logo
१२ श्रावण २०८१, शनिबार
(September 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंबाट मुस्ताङ जाँदै गरेको जीप लमजुङको पहिरोमा पुरियो

लमजुङ :  काठमाडौंबाट लमजुङको बेंसीशहर हुँदै मुस्ताङका लागि जाँदै गरेको पर्यटक सवार गाडी पहिरोमा पुरिएको छ । बा १६ च ५०६८ नम्बरको स्कारपियो मर्स्याङ्दी गाउँपालिका-४ स्याँगेमा पहिरोमा पुरिएको हो ।

जीपमा ५ जना यात्रुहरु सवार रहेकोमा सबै जना भागेर बाँच्न सफल भएका जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । पहिरोले स्कार्पियोको अगाडिको भागमात्र पुरेकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्याँगेमा गएको पहिरोका कारण मनाङ जाने सडक अवरुद्ध भएको छ ।

पहिरोका कारण मनाङबाट बेंसीशहरतर्फ आउने र बेंसीशहरबाट मनाङतर्फ जाने सवारीसाधनहरु बीच बाटोमै रोकिएका छन् ।

प्रकाशित मिति: Sep 29, 2019

प्रतिक्रिया दिनुहोस्