Logo
१२ श्रावण २०८१, शनिबार
(September 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘हामी संविधानका केही प्रावधानहरु संशोधन गर्नुपर्ने पक्षमा छौँ, जलाउने पक्षमा छैँनौँ’

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले स्वायत्त भएर काम गर्न नपाएको बताएका छन् । संविधानमा गरिएका व्यवस्था ठीक भए पनि सङ्घीय सरकारका कारण स्वायत्तता नपाएको उनको भनाइ छ ।

समाजवादी पार्टी नवलपरासीले आज परासीमा गरेको कार्यकर्ता भेटघाटमा बोल्दै उक्त पार्टीका नेतासमेत रहनुभएका मुख्यमन्त्री राउतले भने, “संविधानका केही प्रावधान विश्वकै उत्कृष्ट पनि छन्, केही प्रावधानहरु संशोधन गर्नुपर्ने पक्षमा हामीहरु रहेका छौँ ।”

उनले संविधानका प्राप्त उपलब्धिलाई संस्थागत गर्दै आवश्यक संशोधन गर्नुपर्ने बताउँदै उनले संविधान नै जलाउने पक्षमा भने हामी छैँनौँ भने न्नुभयो । उहाँले प्राप्त उपलब्धि गुम्ने खतरा भएकाले आफूहरु संविधान दिवसमा मौन बसेको स्पष्ट पार्नुभयो ।

मुख्यमन्त्री राउतले भने, ‘संविधानले थुप्रै उपलब्धि दिएको उल्लेख गर्दै संविधानको विरोध गर्दा व्यवस्थालाई नै असर पर्ने देखेर हामी मौन बसेका हौँ’ ।

सङ्घीयताकै कारण मुलुकभर विकासको लहर चलेको बताउँदै उहाँले समाजवादी पार्टी जातीय र क्षेत्रीय पार्टी नभएको प्रस्ट बताए । उनले राजपा नेपालसँग एकता हुनसक्ने सङ्केत पनि गरे ।

प्रकाशित मिति: Sep 27, 2019

प्रतिक्रिया दिनुहोस्