Logo
१२ श्रावण २०८१, शनिबार
(September 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

असोज १३ गते नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिने

काठमाडौं : यही असोज १३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने भएका छन् ।

शुक्रबार खानेपानी मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम गरेर खुला दिसा मुक्त नेपाल घोषणा गर्ने जानकारी दिइएको हो ।

२०६८ सालदेखि सरसफाइ गुरुयोजनासँगै खुला दिसामुक्त जिल्ला घोषणा थालिएको थियो ।

हालसम्म कुल ५६ लाख ६० हजार २ सय १४ घरधुरीमा शौचालय बनेको आँकडा छ । ७७ जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको मन्त्रालयले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै खानेपानी मन्त्री बिना मगरले शतप्रतिशत ट्वाइलेट प्रयोग गर्न आग्रह गरिन् । उनले ट्वाइलेटमा ताला लगाएर नराख्न आग्रह गर्दै घर, खानेपानी सरसफाइ अभियानलाइ अघि बढाउँदै लैजाने बताइन् ।

मन्त्री मगरले नेपालले खुला दिसा मुक्त घोषणा गरेर सफाइको क्षेत्रमा अघि बढेको बताइन् ।

प्रकाशित मिति: Sep 27, 2019

प्रतिक्रिया दिनुहोस्