Logo
६ जेष्ठ २०८१, आईतबार
(September 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वडाध्यक्षको छोरालाई कैची प्रहार गर्ने युवा प्रहरी नियन्त्रणमा

सांकेतिक तस्बिर

धरान-९ गौतमपथस्थित कपडा खरीद गर्न गएका पुजन लिम्बूलाई छुरी प्रहार गर्ने एक युवालाई पक्राउ गरिएको छ । बिमल श्रेष्ठ सञ्चालक रहेको अपएरो नामक कपडा पसलमा गएका पुजनलाई छुरी प्रहार गर्ने एक युवालाई प्रहरीले आज बिहान पक्राउ गरेको हो ।

पूजन लिम्बू  धरान-१९ का वडाध्यक्ष पूर्ण लिम्बूका छोरा हुन् । उनीमाथि हिजो साँझ पसलमै आक्रमण भएको थियो ।

पसलमा कपडा हेरी रहेका बखत धरान-९ गौतमपथ बस्ने २५ वर्षीय अब्दुल भन्ने कलाम मियाँले आक्रमण गरेका थिए । पूजनलाई कपडा काट्ने कैचीले दाहिनेतर्फको कोखा र पछाडि ढाडको भागमा ३ ठाउँमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

घटनालगत्तै फरार रहेका मियाँलाई आज धरान-२ भानुचोकमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको इप्रकाका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए । मियाँविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता प्रक्रियामा रहेको र घटनाको कारणबारे अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जनाए ।

घाइते पुजनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उनको कोखाबाट आन्द्रा निस्किएकाले राति नै शल्यक्रिया गरिएको थियो । घाइतेलाई सर्जरी वाडमा राखिएको छ । उनको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् ।

प्रकाशित मिति: Sep 27, 2019

प्रतिक्रिया दिनुहोस्