Logo
१२ श्रावण २०८१, शनिबार
(September 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मासु उत्पादनमा मुलुक आत्मानिर्भर बन्दै : ९५ प्रतिशत नेपाली उत्पादनले धान्ने

काठमाडौं : मासु उत्पादनमा मुलुक आत्मानिर्भर बन्दै गएको छ । यसवर्षको दशैं तिहारमा खसीबोकाको मासुको अभाव नहुने भएको छ । दशैंमा खसी बोकाको अत्यधिक माग हुने समय हो ।

यो अवधिमा ४० हजार खसी बोकाको माग हुने गरेको पशु सेवा विभागका महानिर्देशक डा.बंशी शर्माले जानकारी दिए ।

अन्य समयमा महिनामा ५० हजार खसी बोका खपत हुने गरेका छन भने दशैका लागी १० दिनमै ४० हजार खसी बोकोको माग हुने गरेको उनको भनाइ छ । यो माग ९५ प्रतिशत नेपाली उत्पादनले नै धान्ने गरेको छ । देशभर वार्षिक ३३ लाख खसीबोकाको माग हुन्छ । जसमा २७ लाख उपत्यका बाहिर र ६ लाख उपत्यकामा चाहिन्छ ।

पछिल्लो समय देश मासुमा आत्मनिर्भर हुने अवस्थामा पुगेको र अर्को वर्षदेखि शतप्रतिशत माग स्वदेशकै उत्पादनले धान्ने उनले बताए । अहिले नपुग ५ प्रतिशत चीन र भारतबाट आयात हुन्छ । सुर्खेत, दाङ, लालबन्दी लगायतका ठाउँबाट पनि खसी बोका आपूर्ति गरिन्छ ।

विगत वर्षहरुको तथ्याङ्क हेर्दा चाडबाडको दश दिनमा आवश्यक माग दैनिक ५ हजारमध्य २ हजार ५ सय खसीबोका काठमाडौं उपत्यकामा मात्रै खपत हुने गरेको विभागका महानिर्देशक डा।शर्माले बताए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रमुख चाड लक्षित पशुपछी तथा पशुजन्य उत्पादनको आपूर्ति, गुणस्तर नियमन तथा बजार अनुगमन योजना, २०७६ अनुसार, ‘हेफर इन्टरनेशनलसँग आवद्ध सहकारीमार्फत ५ हजार, बाख्रा व्यवसायी महासंघ मार्फत १३ हजार, खसी बोका व्यवसायीमार्फत १५ हजार, खाद्य संस्थानमार्फत २५००, खसीबोका र संस्थान एवं व्यापारीमार्फत १० हजार ५ सय च्यांग्रा र स्थानीय व्यापारी मार्फत पोखराका लागि ५ हजार च्यांग्रा गरी कुल ५१ हजार खसी, बोका र च्याङ्ग्रा आपूर्ति गर्ने कार्य योजना बनाई लागू गरिएको महानिर्देशक शर्माको भनाई छ ।

यता चौपाया खरिद बिक्री व्यवसायी संघका अध्यक्ष भानुभक्त ढकालले घटस्थापनादेखि खसीबोका ल्याउने बताए । यद्यपि, च्याङ्गा भने मुस्ताङबाट ल्याउन शुरु गरिसकेको उनको भनाइ छ ।

क्वारेन्टाइनका कारण भारतबाट खसीबोका ल्याउन कठिन भएको उनको भनाइ छ । उनी भने नेपाली उत्पादनले मात्र नधान्ने बताउँछन् ।

प्रकाशित मिति: Sep 26, 2019

प्रतिक्रिया दिनुहोस्