Logo
५ जेष्ठ २०८१, शनिबार
(September 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी राजदूत बेरीबीच शिष्टाचार भेटवार्ता

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूर्त यान्डी डब्ल्यु बेरीले शिष्टाचार भेटवार्ता गरेका छन् ।

सभापति देउवा निवास बूढानीलकण्ठमा बिहीबार भएको भेटवार्तामा उनीहरुबीच समसामयिक राजनीति र द्विपक्षीय आपसीहितका विषयमा छलफल भएको सभापति देउवाका सहयोगी भानु देउवाले जानकारी दिए ।

भेटमा उनीहरुबीच द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने र दुई देशबीचको दशकौंदेखिको विकास साझेदारी अझ प्रभावकारीरुपमा अघि बढाउनेलगायत विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति: Sep 26, 2019

प्रतिक्रिया दिनुहोस्