Logo
१२ श्रावण २०८१, शनिबार
(September 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

करोडौंको चलखेलमा न्यौपाने टावरको नक्सा पास गर्ने तयारी

भक्तपुर :  कांग्रेस पक्षधर नगरसभाका बहुमत सदस्यहरुको उपस्थितीमा दुई महिनाअघि उपप्रमुखको सभापतित्वमा सम्पन्न भएको मध्यपुर थिमि नगरपालिकाको नगरसभाकै नीति, कार्यक्रम र बजेटका बिषयहरु समेट्ने सहमतिपछि मध्यपुर थिमि नगरपालिकाको चौथो नगरसभा औपचारिक रुपमा सम्पन्न भएको छ ।

असार १० गते नै सम्पन्न हुनुपर्ने नगरसभा नगरप्रमुख मदनसुन्दर श्रेष्ठको अडान, अहम् र चलखेलका कारण निर्धारित समयभन्दा ३ महिनापछि धकेलियो । कांग्रेस नेता अष्ट कवेसँग नेकपा भक्तपुरका नेता र मेयर श्रेष्ठले कांग्रेसका सबै नीति, योजना तथा कार्यक्रममा बजेट खर्च गर्ने सहमती गरेपछि नगरसभा सम्पन्न भएको हो ।

असोज ३ गते पारित नीति, कार्यक्रम, योजना र बजेटको कार्यान्वयन कसरी गर्ने भन्ने चुनौती अहिले नगरपालिका सामु छ । नगरसभाले १ अर्ब ६२ करोड ९५ लाखको बजेट पारित गरेको छ तर, यस आर्थिक बर्षको २ महिनाको समय विवादकै बीच खर्चिएको नगरपालिकासँग योजना र कार्यक्रमहरु सञ्चालन गर्ने समय अब १० महिनामात्र बाँकि छ ।

यस अवधिमा मेयर श्रेष्ठले कांग्रेससँग झुकेर गरेको सहमति पालना गरेनन् भने पुनः विवाद बढ्न सक्ने सम्भावना छ । मेयर श्रेष्ठको स्वाभार मिलेर अघि बढ्ने खालको छैन, नगरसभाबाट बजेट र योजना पारित भएपछि आफुखुशी चल्ने उनको बानीका कारण फेरी विवाद बढ्ने सम्भावना प्रवल छ ।

कार्यक्रम र बजेट नै पारित गर्न नसकेको नगरपालिकाले कसरी पारित कार्यक्रमहरु कार्यान्वयन गर्ला त ? भन्ने चासो र जिज्ञासा आम मध्यपुरबासीको छ । गत बर्षकै नियमित योजनाहरुको कार्यान्वयन समेत हुन सकिरहेको छैन । नगरको हरेक योजनाहरु अलपत्र छन् । सडकहरु हिड्न नसक्ने गरी हिलाम्मे अवस्थामा छन् ।

नगरपालिका प्रमुख श्रेष्ठ पछिल्लो समय काम गर्नमा भन्दा बिदेश घुमेर रमाउनमै व्यस्त हुन थालेका छन् । भदौको दोस्रो साता वातावरण र फोहोरमैलाकै कार्यक्रममा एक्लै १० दिन नेदरल्याण्ड घुमेर फर्किएका मेयर नगरसभा सक्किएलगत्तै असोज ७ गते पुनः सोही कार्यक्रमका लागि भन्दै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश बराललाई बोकेर एक हप्ताका लागि जापान उडेका छन् ।

यता १४ बर्षभन्दा बढी समयदेखी नक्सा पास नभै अलपत्र अवस्थामा रहेको राधेराधेस्थित न्यौपाने टावरको नक्सा पास गर्ने चलखेल शुरु भएको छ । प्रमुख प्रशासकिय अधिकृत बराल र नगर प्रमुख श्रेष्ठको जोडबलमा नक्सा पास गर्ने चलखेल शुरु भएको हो ।

साढे ५ तल्ला सम्मको नक्सा पास गरेर नियम विपरित साढे सत्र तल्ला बनाएको भन्दै तत्कालिन समयमा निर्माण कार्य रोकिएको न्यौपाने भवनलाई अहिले बैधानिकता प्रदान गर्न चलखेल भएको नगरपालिकाका एक कर्मचारीले बताए ।

बिष्णु न्यौपानेले आफ्नो निर्माणाधिन भवनको निर्माण कार्य सम्पन्न गर्न सत्र तलाको नक्सा पासको स्विकृती गराउन यसअघिका प्रमुख प्रशासकिय अधिकृत कमल ज्ञवालीलाई समेत दबाब दिएका थिए ।

तर, कार्यकारी प्रमुख ज्ञवालीले कुनैपनि हालतमा अनधिकृत र नियम विपरित बनाएका भवनलाई बैधानिकता प्रदान गर्न नसकिने भन्दै रोकेका थिए । अहिले फेरी नगर प्रमुख श्रेष्ठ र प्रमुख प्रशासकिय अधिकृत बराल जरिवाना तिराएरै भएपनि भवनको नक्सा पास गरिदिने तयारीमा लागेका हुन् । उनीहरुको एक हप्ते जापान भ्रमण लगत्तै उक्त नियम विपरित बनेको भवनको नक्सा पास गर्ने तयारी गरेको नगरपालिकाका कम

प्रकाशित मिति: Sep 26, 2019

प्रतिक्रिया दिनुहोस्