Logo
५ जेष्ठ २०८१, शनिबार
(September 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कम्युनिष्ट पार्टीबीच भएको वैचारिक बहसलाई अन्यथा नबुझ्न राजदूत यान्छीको आग्रह

काठमाडौं : चिनियाँ राजदूत होउ यान्छीले चिनले कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने बताएकी छन् ।

चीन अध्ययन केन्द्रले आयोजना गरेको ‘सी चिङफिङ थट: बिल्डिङ अ कम्युनिटी विद अ सेयर फ्युचर फर मेनकाइन्ड’ शीर्षकको कार्यक्रमलाई बिहिबार सम्बोधन गर्दै राजदूत होउले आफ्नो देशले कहिल्यै विचार निर्यात नगर्ने बताउँदै सी विचारधारा पहिल्यै अन्तर्रा्ष्ट्रियकरण भइसकेको उल्लेख गरिन् ।

‘चीनको सी विचारधारा पहिल्यै अन्तर्रा्ष्ट्रियकरण भइसकेको छ, चिनले पहिले पनि अन्य देशमा विचार निर्यात गर्दैनथ्यो र अब पनि गर्दैन’, राजदूत होउले भनिन्, ‘चीनले कुनै देशको आन्तरिक मामिलामा हस्तक्षेप पनि गर्दैन ।’

कार्यक्रममा राजदूत यान्छीले दुई कम्युनिष्ट पार्टीबीच भएको वैचारिक बहसलाई अन्यथा नबुझ्न आग्रह गरेकी छन् । ‘अन्यथा नलिलनुहोस्, विकासको नयाँ अवधारणा भएकाले नेपालजस्ता विकासशील राष्ट्रमा सी विचारधार बहसको तातो विषय बनेको हो । सी चिङफिङ विचारधाराबारे बहस गर्न छाडिदिनुस् ।’

राजदूत होउले नेपाल-चीन घनिस्ठ सम्बन्ध भएका मित्रराष्ट्र भएको दोहोर्याउँदै दुई देशबीचका छलफलहरु आर्थिक र सामाजिक विकासको विषयमा केन्द्रित रहेको उल्लेख गरिन् । चीनका राष्ट्रपति सी चिनफिङको आसन्न नेपाल भ्रमणलाई लिएर चीनले नेकपा मार्फत नेपालमा सी विचारधारा लाद्न खोजेको भन्दै विचारधाराबारे चर्को बहस भइरहेको छ ।

प्रकाशित मिति: Sep 26, 2019

प्रतिक्रिया दिनुहोस्