Logo
६ जेष्ठ २०८१, आईतबार
(September 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खुला स्थानमा दिसा गरेको भन्दै दुई बालबालिकाको निर्मम हत्या

छिमेकी देश भारतको मध्यप्रदेशस्थित शिवपुरी जिल्लामा २ बालबालिकालाई कुटेर निर्मम हत्या गरिएको छ । खुला स्थानमा दिसा गरेको भन्दै ती २ बालबालिकालाई दुई जनाले कुटेर हत्या गरेका हुन् ।

हत्या भएका बालबालिका दलित समुदायका हुन् । वाल्मिकी समुदायकी १२ वर्षे रोशनी तथा १० वर्षका अविनाशको हत्या भएको हो । उनीहरुले स्थानीय पञ्चायत भवनको अगाडि सडकमा खुला स्थानमा दिसा गरेका थिए ।

पञ्चायतका हाकिमले उनीहरुलाई सडकमा दिसा नगर्न भनेको र त्यसपछि रामेश्वर यादव नाम गरेका व्यक्तिसँग मिलेर ती बालबालिकालाई कुटपिट गरेको प्रहरीको भनाई छ । प्रहरीले दुवै अभियुक्तलाई पक्राउ गरेको छ । उक्त घटनापछि तनावको अवस्था आएकाले सो क्षेत्रमा प्रहरीको मात्रा बढाइएको छ ।

बिहान ६ बजे दिसा गर्नका लागि निस्किएका आफ्ना सन्तानलाई पञ्चायतका हाकिम र रामेश्वर यादवले मृत्यु नहुँदासम्म कुटेको अविनाशका पिता मनोज वाल्मिकीले बताएका छन् । बालबालिकालाई अभियुक्तले लट्ठीले कुटेका हुन् ।

रोशनी मनोजकी कान्छी बहिनी हुन् । मनोजको घरमा शौचायल बनाउन दिइएको थिएन । त्यसले गर्दा खुला स्थानमा दिसा गर्न बाध्य हुनु परेको मनोजको दाबी छ । आफ्नो घरमा शौचालय बनाउनका लागि पञ्चायतमा आएको पैसा तर उनीहरुले नै शौचालय बनाउन नदिएको मनोजको दाबी छ ।

२ वर्षपहिले मनोजले घर बनाउनका लागि सडक छेउको रुखबाट काठ काटेका थिए । त्यसले गर्दा अभियुक्तहरुले आफूसँग दुश्मनी राखेको मनोजको भनाई छ । आफ्नो जमिन भएका मनोजले आफ्नो परिवार ज्याला मजदुरी गरेर पाल्दै आएका छन् ।

 

प्रकाशित मिति: Sep 26, 2019

प्रतिक्रिया दिनुहोस्