Logo
६ जेष्ठ २०८१, आईतबार
(September 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

होटलको रूमबाट पेस्तोल र गोलीसहित ४ जना पक्राउ

काठमाडौं :  महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका ९ शम्भुमार्ग स्थित एभरेष्ट होलीडे ईन होटलको ४०४ नम्बर रूमबाट पेस्तोल सहित ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बालुवाटार बस्ने उदयपुर कटारीका भिम सुर्खेती, लाजिम्पाट बस्ने सिन्धुलीका भिम बहादुर माझी, बल्खु बस्ने सिन्धुलिकै प्रदीप माझी र सीतापाईला बस्ने लोकेन्द्र बहादुर आले रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले पेस्तोल १ थान, म्यागजिन १ थान र सोही पेस्तोलमा लाग्ने गोली ६ राउण्ड जफत गरिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Sep 25, 2019

प्रतिक्रिया दिनुहोस्