Logo
६ जेष्ठ २०८१, आईतबार
(September 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बम विष्फोटनमा संलग्न फरार अभियुक्त पक्राउ

ललितपुर : एनसेल कार्यालयमा बम बिस्फोटनको घटनामा संलग्न फरार अभियुक्त पक्राउ परेका छन् ।

२०७५ फागुन १० गते ललितपुर नख्खुस्थित एनसेलको कार्यालय अगाडि बाटोमा भएको बम बिष्फोटन घटनामा संलग्न फरार रहेका अभियुक्त ललितपुर लुभु बस्ने कालिकोट नरहरिनाथ गाउँपालिका-१ घर भएका ४३ वर्षीय हितमान भन्ने नविन बिश्वकर्मालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनलाई ललितपुर महालक्ष्मी नगरपालिका-३ बोझेपोखरीस्थित प्रदेश ३-०२-००३ प ५१३१ नम्बरको मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको सो परिसरले जनाएको छ ।

उनको साथबाट नेकपा बिप्लव समुहसंग सम्बन्धीत बिभिन्न प्रकारका दस्तावेज किताब, डायरीहरु तथा बिभिन्न कम्पनीको मोवाइल तथा सिम कार्डहरु समेत प्रहरीले बरामद गरेको छ ।

उक्त बिष्फोटनमा ललितपुर भैसेपाटी बस्ने लमजुङ मेलुङका ४९ वर्षीय सिंह बहादुर गुरूङको मृत्यु भएको थियो भने अन्य २ जना घाइते भएका थिए ।

२०७५ बैशाख ९ गते ललितपुर महानगरपालिका-२३ धापाखेलस्थित तत्कालिन प्रमुख निर्वाचन आयुक्त डा.अयोधी प्रसाद यादवको घर कम्पाउण्डमा बम बिष्फोटन भएको घटनामा समेत निज बिश्वकर्मा संलग्न रहेको उक्त परिसरले जनाएको छ ।

पक्राउ बिश्वकर्मालाई आवश्यक कार्वाहीको लागि मंगलबार जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ । साथै उक्त घटनामा संलग्न सुर्दशन भन्ने हेमन्त प्रकाश ओली २०७५ चैत ९ गते ललितपुर चापागाँउ ठेचोबाट पक्राउ परी बिष्फोटक पदार्थ (बम) बिष्फोटन गराई कर्तव्य ज्यान मार्ने उद्योग, राज्य बिरुद्दको कसुर र संङ्गठित अपराध सम्बन्धी कसुर मुद्दामा ललितपुर जिल्ला अदालतको आदेशले पुर्पक्षको लागि थुनामा रहेका छन् ।

प्रकाशित मिति: Sep 25, 2019

प्रतिक्रिया दिनुहोस्