Logo
१२ श्रावण २०८१, शनिबार
(September 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाकिस्तानमा शक्तिशाली भूकम्प : मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो (तस्बिरसहित)

पाकिस्तानमा ५.८ रेक्टर स्केलकोशक्तिशाली भूकम्प गएको छ । उक्त भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको प्रहरीले बताएको छ ।

 

भूकम्पका कारण कम्तीमा ४७६ व्यक्ति घाइते भएका सरकारी र स्थानीय सञ्चार माध्यमले बुधबार विहान जनाएको छ । पूर्वी पाकिस्तानको मिरपुरलाई केन्द्रविन्दु बनाएर सो भूकम्प गएको थियो ।

मङ्गलबार अपराह्नमा गएको यस भूकम्पको कारण पाकिस्तान प्रशासित काश्मिरका कतिपय स्थानहरूका घरहरूमा पूर्ण तथा आंशिक क्षति भएको, सडकमा ठूला-ठूला चिरा परेको, विद्युत्का पोलहरू ढलेको, टेलिफोनका टावरहरूमा क्षति भएको बताइएको छ ।

पूर्वी पाकिस्तान र भारतमा समेत झड्का महसुस भएको थियो । भूकम्प ५.८ रेक्टर स्केलको रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) विभागले जनाएको छ ।

प्रकाशित मिति: Sep 25, 2019

प्रतिक्रिया दिनुहोस्