Logo
१२ श्रावण २०८१, शनिबार
(September 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विवाह पूर्व यौन सम्बन्ध कायम गर्न नपाउने व्यवस्थासहितको विधेयकको विरोधमा प्रदर्शन

विवाह पूर्व यौन सम्बन्ध कायम गर्न नपाउने व्यवस्थासहितको प्रस्तावित कानूनको विरोधमा इन्डोनेसियाको संसदबाहिर प्रदर्शन भएको छ । विधेयकमा विवाह पूर्व नै सँगै बस्ने (लिभ इन रिलेसन) मा ६ महिनासम्मको सजाय हुने व्यवस्था पनि गरिएको छ ।

विवाह पूर्व यौन सम्पर्क गरे अपराध ठहरिने व्यवस्थासहितको विधेयकको विरोधमा राजधानीका विभिन्न ठाउँमा प्रदर्शन भएको हो ।प्रदर्शनका कारण विधेयकमा ढिलाइ गरिएको छ । प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास तथा पानीको फोहोरा प्रहार गरेको छ ।

तर विधेयक फिर्ता नभएकाले संसदबाट पारित हुने सम्भावना अझै पनि रहेको भन्दै प्रदर्शनकारी चिन्तित छन् । प्रस्तावित विधेयकमा विवाह पूर्वको यौन सम्बन्धलाई अपराध मान्दै एक वर्षसम्मको जेल सजायको व्यवस्था गरिएको थियो ।

यस्तै राष्ट्रपति, उपराष्ट्रपति, धर्म, राष्ट्रिय संस्थान, झण्डसहितका राष्ट्रिय चिन्ह वा प्रतिक एवम् राष्ट्रिय गानको निन्दा गर्नु पनि अपराध हुने सो विधेयकमा व्यवस्था गरिएको छ ।

यस्तै आमाको स्वास्थ्यमा चुनौति वा बलात्कारका कारण रहेको गर्भ बाहेक अवस्थामा गर्भपतन गर्न नपाउने र त्यसो गरेमा चार वर्षसम्मको सजाय हुने व्यवस्था छ ।

प्रकाशित मिति: Sep 25, 2019

प्रतिक्रिया दिनुहोस्