Logo
१३ बैशाख २०८१, बिहीबार
(September 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैंक चोरी अपडेट : काठमाडौंका विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं : सिस्टम ह्याक गरि कृषि विकास बैंकको १ करोड ५६ लाख रुपैयाँ रकम चोरी गर्ने ११ जना पक्राउ परेका छन् ।

घटना अनुसन्धानमा जुटेको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बैंकको डेढ करोड रुपैयाँ ह्याक गरी अर्को खातामा सार्ने एघार जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

कृषि विकास बैंकको सिस्टम ह्याक गरेर पैसा सार्ने कार्यमा संलग्नलाई प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले जानकारी दिए ।

ह्याकरको समूहले असोज ५ गते केही व्यक्तिलाई प्रयोग गरेर कृषि विकास बैंक लहान शाखाको १ करोड ४९ लाख रुपैयाँ अर्को खातामा सारेका थिए । सिस्टमको पासवर्ड ह्याक गरेर ह्याकरको समूहले काठमाडौंबाट रकम निकालेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: Sep 25, 2019

प्रतिक्रिया दिनुहोस्