Logo
१२ श्रावण २०८१, शनिबार
(September 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल प्रहरीका तीन एआईजीको सरुवा, को को कहाँ ?

काठमाडौं : नेपाल प्रहरीका तीन एआईजीहरुको सरुवा भएको छ ।

मंगलबार साँझ बसेको मन्त्रीपरिषदको बैठकले प्रहरी प्रधान कार्यालयको कार्य एवं अपराध अनुसन्धान बिभागका एआईजी ठुले राई, प्रहरी
प्रतिस्ठानमा कार्यरत एआईजी पुष्कर कार्की र राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा दरबन्दी भएका एआईजी धिरु बस्नेतको सरुवा गरेको हो ।

उच्च स्रोतका अनुसार एआईजी राई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिस्ठान ९प्रहरी एकेडेमी० महाराजगन्जमा सरुवा भएका छन् ।

प्रतिस्ठानमा कार्यरत एआईजी कार्कीको प्रहरी प्रधान कार्यालय अन्तर्गत कार्य तथा अपराध अनुसन्धान विभागमा सरुवा भएको छ ।

यस अगाडी उक्त विभाग नेतृत्वबिहिन थियो ।

श्रोतका अनुसार एआईजी बस्नेतको दरबन्दी मानवस्रोत एवं प्रशासन विभागमा राखेर पुनः राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा काज गरिएको छ ।

प्रकाशित मिति: Sep 25, 2019

प्रतिक्रिया दिनुहोस्