Logo
१२ श्रावण २०८१, शनिबार
(September 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अपर नौगाड जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु

अपि पावर कम्पनी लिमिटेडले आफ्नो दोस्रो परियोजना अपर नौगाड जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरेको छ । ८ मे.वा को निर्माण सम्पन्न गरी मिति २०७६ साल असोज ६ गते देखि सफल परिक्षण कार्य भइसकेको छ ।

परिक्षण प्रसारण पुरा गरी यो आयोजनाले २०७६/०६/१० गते देखि राष्ट्रिय ग्रिडमा विद्युत प्रवाह गर्ने अनुमान छ । २०७३/०६/१२ मा विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भएको यो आयोजनाको कुल लागत रु. १६० करोड रहेको यस आयोजनाले बार्षिक ४.८७ करोड किलोवाट घण्टा विद्युत उत्पादन गर्ने अनुमान छ ।

यसमध्ये सुख्खा महिनामा १.१४ करोड र बर्षातका चार महिनाहरुमा ३.७५ करोड घण्टा किलोवाट विद्युत उत्पादन हुनेछ । यस आयोजनाबाट उत्पादन हुने विद्युत शक्ति नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने अत्तरिया वलाँच सवस्टेशन मार्फत राष्ट्रिय ग्रिडमा प्रवाह भई जानेछ । यसबाट सुदुरपश्चिम प्रदेशमा भरपर्दो विद्युत आपुर्ति हुने विश्वास कम्पनीले लिएको छ ।

प्रकाशित मिति: Sep 25, 2019

प्रतिक्रिया दिनुहोस्