Logo
१२ श्रावण २०८१, शनिबार
(September 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बेलायती प्रधानमन्त्रीे जोनसोनको निर्णय अदालतद्वारा बदर

काठमाडौं : बेलायती प्रधानमन्त्री बोरिस जोनसोनको निर्णय सर्वोच्च अदालतले अवैधानिक ठहर गरेको छ ।

जोनसनले सेप्टेम्बर पहिलो हप्ता पाँच साताका लागि संसद निलम्बन गर्ने निर्णय गरेका थिए । तर अदालतले संसदलाई रोक्नु गलत हुने भन्दै जोन्सोनको निर्णय अवैधानिक ठहर गरेको हो ।

सर्वोच्च अदालतककी प्रमुख लेडी हेलले ११ जना नाम नखुलाइएका न्यायाधीशको निर्णय संसद रोकिनुहुन्न र बोरिसको निर्णय बदरभागी भएको बताएकी छन् ।

संसद के गर्ने भन्ने विषयमा हाउस अफ कमन्स र हाउस अफ लर्डस्का प्रमुखले निर्णय गर्ने अदालतले उल्लेख गरेको छ । हाउस अफ कमन्सका सभामुख जोख बेर्कोले अदालतको आदेशको स्वागत गरेका छन् ।

प्रकाशित मिति: Sep 24, 2019

प्रतिक्रिया दिनुहोस्