Logo
१२ श्रावण २०८१, शनिबार
(September 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चेकजाँचका लागि चढेका प्रहरी जवानलाईनै लिएर ट्रक ड्राइभर भागेपछि …

हेटौंडा : मंगलबार बिहान १ बजे पूर्वपश्चिम राजमार्गको हेटौंडा-१५ रातोमाटे पोष्टमा चेकजाँचका लागि चढेका प्रहरी जवान सञ्जीवकुमार दासलाई समेत लिएर भागेपछि मकवानपुरमा प्रहरीले दुई राउण्ड गोली हानेर एक ट्रक चालकलाई गाँजासहित पक्राउ गरेको छ ।

प्रहरी जवान सञ्जीवकुमार दासलाई समेत लिएर भागेपछि पिछा गर्दै गएको प्रहरी टोलीले घेरा हाली ट्रक चालक पर्सा वीरगन्ज महानगरपालिका-२९ का अफ्रिका चौधरीलाई नियन्त्रणमा लिएको हो । प्रहरीले चौधरीलाई नियन्त्रणमा लिँदा उनको देब्रे खुट्टामा दुई राउण्ड गोली प्रहार गरेको मकवानपुरका प्रहरी उपरिक्षक मुकेश सिंहले बताए ।

हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ६ ख १३१ नम्बरको ट्रकबाट प्रहरीले १४ पोका गाँजा बरामद गरेको छ । ७८ किलो ८०० ग्राम गाँजासहित पक्राउ परेका चौधरीलाई प्रहरीले हेटौंडा अस्पतालमा उपचार गराइरहेको छ । ट्रकमा रहेका अर्का एक ब्यक्ति भने फरार रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चौधरीलाई लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरिएको छ ।

उक्त ऐनअनुसार २ बर्ष देखि १० बर्ष कैद र १५ हजा देखि १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Sep 24, 2019

प्रतिक्रिया दिनुहोस्