Logo
४ जेष्ठ २०८१, शुक्रबार
(September 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डेंगूपछि नेपालमा अर्को महामारी ‘स्क्रब टाइफस’

स्क्रब टाइफस के हो ?

एक प्रकारको जीवाणु ‘रिकेटसिया सुसुगामुसी’ले सङ्क्रमित सुक्ष्म कीरा (माइट)को टोकाइबाट लाग्ने रोगलाई स्क्रब टाइफस भन्ने गरिन्छ । महाशाखाका प्रमुख एवं कीटजन्य रोग विशेषज्ञ चिकित्सक विवेक लालका अनुसार बारी, खेत, झाडी, घाँस आदि भएको ठाउँमा बस्ने मुसा तथा छुचुन्द्रो प्रजातिमा सो प्रजातिका जीवाणु पाइन्छ ।

सो रोग उत्पन्न गर्ने ब्याक्टेरिया सङ्क्रमित मुसाको पेटभित्रका प्वालहरूमा बस्छ । विसं २०७२ वैशाखमा विनाशकारी भूकम्पपछि बढी मात्रमा मुसा देखिन थालेका र मुसाको टोकाइबाट रोगको सङ्क्रमण बढेको महाशाखाले जनाएको छ । “मृत्युदर घट्दै गएको छ तर सङ्क्रमित बढ्दै गएको छ”, उनले भने ।

रोगको परीक्षण गर्न महाशाखाले स्थानीय तथा प्रदेश तहमा १० हजारको हाराहारीमा कीट उपलब्ध गराएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ चिकित्सक अनुप बाँस्तोला विशेषगरी मुसाको शरीरमा बस्ने माइट नामक परजीवीले ओरेन्टिया सुसुगामी नामक कीटाणु सार्दा स्क्रब टाइफस हुने जानकारी दिन्छन् ।

लक्षणहरु

सङ्क्रमति व्यक्तिलाई अत्यधिक ज्वरो आउनु, श्वास फेर्न गाह्रो हुनु, बढी मात्रमा टाउको दुख्नु, शरीरबाट चिटचिट पसिना आउनु, शरीरका भागहरूमा स–साना रातो बिमिरा देखिनु, हल्का आँखा रातो हुनुजस्ता लक्षण देखा पर्छ । सामान्यतया सङ्क्रामक परजीवीले टोकेको ५ देखि १४ दिनको अवधिमा स्क्रब टाइफसको लक्षण देखिन थाल्छ ।

रोगको समयमा उपचार हुन नसकेमा शरीरका फोक्सो, कलेजो मस्तिष्कलगायतका अङ्गले काम गर्न छाड्ने चिकित्सकले जानकारी दिएका छन् । “रोगको जीवाणु शरीरमा फैलिन पुग्यो भने शरीरका अङ्गले काम गर्न छाड्छ (डिसअर्डर हुन्छ)”, उनले भने ।

कसरी बच्ने ?

मुसाको टोकाइबाट बच्नु नै यो रोगबाट बच्ने मुख्य उपाय हो । खेतबारीमा काम गर्न जाँदा पूरा बाहुला भएको कपडा लगाउनुपर्छ । खुला चौरमा सुत्नु हुँदैन । रोगको पहिचान बिरामीमा देखिएको लक्षण, सुक्ष्म कीराले टोकेको चिनोबाट हुने गर्दछ ।

यसैगरी रगत परीक्षण, फोक्सोको परीक्षणबाट हुने गर्दछ । रोगको ‘एन्टिबडी’ पत्ता लगाउन एलाइजा टेस्ट र द्रुत परीक्षण गरिन्छ । महाशाखाले सबै जिल्लामा रोग पहिचान गर्न कीटको व्यवस्था गरेको जनाएको छ ।

प्रकाशित मिति: Sep 24, 2019

प्रतिक्रिया दिनुहोस्