Logo
५ जेष्ठ २०८१, शनिबार
(September 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच सहयोग आदानप्रदान गर्नेबारे सम्झौतामा हस्ताक्षर

काठमाडौँ : चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच सहयोग आदानप्रदान गर्नेबारे सम्झौता पत्रमा हस्ताक्षर भएको छ । काठमाडौको एक होटलमा मङ्गलबार भएको कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थिति रहेको थियो ।

अध्यक्षद्धयको उपस्थितिमा नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्रा्ष्ट्रिय विभाग प्रमुख सोङ ताओले सम्झौतापत्रमा हस्ताक्षरपछि हस्तान्तरण गरिएको थियो ।

नेकपाको निमन्त्रणमा चिनियाँ कम्युनिस्ट पार्टी सोङ ताओ नेतृत्वको टोली सोमबार काठमाडौ आएको थियो । चिनियाँ राष्ट्रपति सि जिनपिङको असन्न नेपाल भ्रमणको तयारीस्वरुप उक्त टोली नेपाल आएको बताइएको छ ।

चिनियाँ टोली र नेकपाबीच सोमबार ‘सी जिनपिङ विचारधाराबारे चिनियाँ कम्युनिस्ट पार्टीको धारणा तथा नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच विचारधारात्मक छलफल’ कार्यक्रमको उद्घाटन भएको थियो । उक्त कार्यक्रम आज पनि जारी रहेको छ ।

प्रकाशित मिति: Sep 24, 2019

प्रतिक्रिया दिनुहोस्