Logo
१२ श्रावण २०८१, शनिबार
(September 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कावासोतीमा भयानक दुर्घटना : कारमा सवार पाँचै जनाको मृत्यु

पूर्वी नवलपरासीको कावासोती नगरपालिका ८ को खरकट्टा जंगलमा सोमबार राति सवारी दुर्घटना हुदा ५ जनाको मृत्युु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा २१ च ६४०९ नम्बरको कारलाई ठक्कर दिएको हो ।

ठक्करबाट कारमा सवार ५ जना पुरुषको निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । प्रहरीका अनुसार नवलपरासीको देवचुली नगरपालिका १ केउरानीका ३५ बर्षीय दिपक भन्ने पूर्णबहादुर विक, देवचुली ५ का दिलबहादुर ढेंगा मगर र कैलाली जिल्लाका सुरज राना मगरको सनाखत भएको छ ।

बाँकी २ जनाको अझै सनाखत हुन सकेको छैन । ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका कारका यात्रुहरुको जिल्ला सरकारी अस्पताल भरतपुर चितवनमा उपचारको क्रममा निधन भएको हो ।

यस्तै नवलपरासीको मध्यविन्दु नगरपालिका-१० स्थित जङ्गलमा राति १ः४५ बजेको समयमा दाङबाट काठमाडौँका लागि छुटेको बस आफैँ अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ भने कम्तीमा १५ घाइते भएका छन् ।

ना७ख ८६४२ नंको बस आफैँ अनियन्त्रित भएर पल्टिएको हो । बस पल्टिँदा मकवानपुर घर भएका बसचालक ३५ वर्षीय लक्ष्मण तिमिल्सिनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते १५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: Sep 24, 2019

प्रतिक्रिया दिनुहोस्